site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
न्यू डायमन्ड कप भलिबल : एपीएफ र पुलिस विजयी
SkywellSkywell

काठमाडौं । दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले मंगलबार बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विजय सुरुआत गरेका छन् ।

कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिसले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराएको हो । पुलिस क्लबले २५-१६, २५-१५, २५-१५ को स्कोरमा विजय हासिल गरेको हो । 

Dabur Nepal
NIC Asia

दोस्रो खेलमा एपीएफले पनि परोपकार आदर्श माध्यमिक विद्यालयलाई  ३-० को सोझो सेटमा हराएको हो । एपीएफले परोपकार आदर्श माविलाई २५-११, २५-४, २५-३ को स्कोरमा  हराएको हो । 

पाँच दिनसम्म चल्ने प्रतियोगितामा आयोजक न्यू डायमन्डसहित एपीएफ क्लब, पुलिस क्लब र परोपकार आदर्श मावि गरी चार टिमको सहभागिता छ । राउन्ड रोविन पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro