site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चट्याङ लागेर सुदूरपश्चिममा एकैदिन चारजनाको मृत्यु
Sarbottam CementSarbottam Cement

धनगढी । सुदूरपश्चिममा चट्याङ लागेर एकैदिन चारजनाले ज्यान गुमाएका छन् । मंगलबार कञ्चनपुरका तीन र कैलालीका एकजनाको चट्याङ लागेर मृत्यु भएको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ । खेतमा काम गरिरहेका बेला श्रेष्ठलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पुनर्वासकै एक महिलाले पनि चट्याङका कारण ज्यान गुमाएकी छन् । पुनर्वास नगरपालिका–८ ‘क’ गाउँकी २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले बताएको छ । खेतमा काम गरिरहेका बेला उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ ।  कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियन्ट ग्याँस कम्पनीको जमिनमा रोपाइँ गर्न पुगेका उनको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

Global Ime bank

यता कैलालीकी एक महिलाको पनि चट्याङ लागेर मृत्यु भएको छ । मंगलबार बिहान ८ बजे कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखीदेवी चौधरीको ज्यान गएको हो । घर नजिकै खेतमा रोपाईं गर्ने क्रममा चट्याङ लागेर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका नायव उपरीक्षक बेदप्रशाद जोशीले जानकारी दिए ।

यसैगरी चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–९ की ३० वर्षिया बजलिया राना घाइते भएकी छन् । उनको इसान अस्पताल गुलरियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC