site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गोदावरी जंगलबाट लिफ्ट दिएकै समूहबाट लुटिएको कार अत्तरियामा भेटियो
Sarbottam CementSarbottam Cement

धनगढी । कैलालीको गोदावरी जंगलबाट पहिचान नखुलेका भारतीय नागरिकको एक समूहले चालकलाई बाँधेर लुटेको कार फेला परेको छ । प्रहरीले गोदावरी–१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडकखण्डमा कारलाई बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरीक्षक वेदप्रकश जोशीले जानकारी दिए ।

उनकाअनुसार कारको अवस्था ठिक छ ।‍ तर, लुटेराहरू फरार नै छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लिफ्ट दिएर सँगै आएको भारतीय नागरिकको एक समूहले कैलालीको गोदावरीको जंगलबार डडेल्धुराका अतिताल गाँउपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको कार लुटेका थिए । लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले कुटपिटसमेत गरेका थिए । उनलाई लुटेराले बाँधेर लुटेराहरू फरार भएका थिए ।

प्रहरीको खोजीपछि लुटेराले लुटेको भण्डारीको प्रदेश ०१–२३–च ६०२१ नम्बरको कार भेटिएको हो ।

Global Ime bank

कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आइतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिँडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको थियो । घाइते भण्डारीको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस् 

लिफ्ट दिएकै समूहले कार लुट्यो, कुटपिट गरेर बाटोमा बाँधेर छाडिदियो 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC