site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लिफ्ट दिएकै समूहले कार लुट्यो, कुटपिट गरेर बाटोमा बाँधेर छाडिदियो 
Sarbottam CementSarbottam Cement

धनगढी । लिफ्ट दिएर सँगै ल्याएका भारतीय एक नचिनेको समूहले कैलालीको बुढीतोलामा एक कर्मचारी लुटेका छन् । 

कैलालीको गोदावरी नगरपालिका–५ स्थित बुढीतोलामा डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको सामग्री लुटेर भगेका छन् । 

लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले कुटपिटसमेत गरेका छन् । उनलाई लुटेराले बाँधेर फरार भएका थिए । लुटेराले भण्डारीकोे प्रदेश ०१–२३–च ६०२१ नम्बरको कारसमेत लुटेर लगेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आइतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिँडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको हो । घाइते भण्डारीको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ । 

यस्तो छ घटनाको विवरण 

Global Ime bank

भण्डारीले प्रहरीलाई बताएअनुसार महेन्द्रनगरदेखि तीनजना भारतीय मूलका नागरिकले खानीडाँडासम्म जाने भन्दै लिफ्ट मागेका थिए । 

भण्डारीले आफ्नो प्रदेश ०१–२३–च ६०२१ नम्बरको कारमा लिफ्ट दिए । बुढीतोला क्षेत्रमा पुगेपछि फोटो खिचौं भनेर कार रोक्न लगाई उनीहरुले भण्डारीमाथि कुटपिट गरे । 

उनीहरुले भण्डारीलाई कुटेर प्लास्टिकले हातखुट्टा र मुख बाँधेर सडकदेखि करिब एक सय मिटर तल भिरमा छोडिदिए ।

भण्डारीले आफ्नो कार पनि उनीहरुले लिएर फरार भएको बताएका छन् । 

हात पछाडि बाँधेको अवस्थामा घाइते भएर सडक छेउमा लडिरहेका भण्डारीलाई गोदावरीकै नन्दराम देवकोटाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लुटिएको गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC