site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डीआईजी बढुवामा बालुवाटारको दबदबा, बढुवा निकाल्ने तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको १७ डीआईजी बढुवामा प्रधानमन्त्री निवास बालुवाटारको दबदबा बढेकाे प्रहरी अधिकारीहरूको दाबी छ । विशेषगरेर प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको चासो र दबाब बढेको ती अधिकारीको दाबी छ । प्रहरी प्रधान कार्यालयदेखि गृह मन्त्रालयसम्म डीआईजी बढुवामासमेत प्रधानमन्त्रीका परिवारको प्रत्यक्ष हस्तक्षेप हुने गरेको प्रहरीका उच्च अधिकारीको आरोप छ ।

प्रहरीमा १७ डीआईजीका लागि २७ जना एसएसपी प्रतिस्पर्धामा छन् । जसमा एक नम्बर बनाउन बालुवाटारले नाम दिएको र अन्यमा पनि बालुवाटारले नै नाम दिएको बताइन्छ ।

अहिलेको एक नम्बर डीआईजी नै ११ महिनापछि आईजीपी बन्ने भएकाले आरजु राणाले आफूनिकट व्यक्तिलाई अगाडि ल्याउन खोजेको गृह स्रोत बताउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसपटकको बढुवामा वरीयता मिचिने सम्भावना रहेको बताइन्छ । बढुवाको प्रतिस्पर्धामा रहेका एसएसपीहरू पनि उनलाई भेटेपछि मात्रै आफूहरू पर्ने नपर्ने ढुक्क हुने बताउँछन् ।

प्रहरी सरुवा बढुवामा पनि बालुवाटार हाबी हुने गरेको छ । प्रहरीमा बढुवा सूची बढुवा समितिले तयार पार्ने भए पनि बालुवाटारबाट आएकै नामहरू सदर गर्ने मात्रै काम हुने प्रहरी अधिकारीहरूको जिकिर छ ।

Global Ime bank

बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा सात बढी एसएसपीले भने, “उहाँ (आरजु) को रोजाइमा परेकाहरू नै बढुवामा पर्छन् । निष्पक्षता हुँदैन । सिनियर जुनयर हेरिँदैन । त्यसैले, यसपटक जुनियर ब्याचका पनि एक नम्बर बन्न सक्छन् । यसअघि, अगाडि रहेकाहरू बढुवा सूचीमै पनि नपर्न सक्छन् ।”

डीआईजीको प्रतिस्पर्धामा एसएसपीहरू उमेशराज जोशी, रामदत्त जोशी, सन्दीप भण्डारी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, सुदीप गिरी, दुर्गा सिंह, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल छन् ।

यस्तै, एसएसपीहरू जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञविनोद पोखरेल र चन्द्रकुवेर खापुङ किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना डीआईजीको प्रतिस्पर्धामा छन् ।

यसपटकको डीआईजी बढुवामा व्यापक चलखेल हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

उनीहरूका अनुसार एक नम्बर डीआईजी कसलाई बनाउने भन्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच पनि कुरा नमिलेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले पनि डीआईजी बढुवामा चासो राखेको स्रोतको दाबी छ ।

लामो समयसम्म डीआईजी खाली राख्न नहुने भन्दै आइतबार वा सोमबार बढुवा सिफारिस हुने सम्भावना छ । गृहका एक अधिकारीले भने, “सम्भवतः आज वा भोलिमै बढुवा समितिले डीआईजी सिफारिस गर्ला । अरू कुरा हामीले भन्न सक्दैनौँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC