site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अमेरिकी सहायक विदेशमन्त्री भन्छन्– एमसीसी र एसपीपी फरक हुन्, तर चीनको उक्साहट बढी भयो 

अमेरिका । ह्वाइट हाउसका दक्षिण एसिया हेर्ने उच्च कर्मचारीले चीनको नेपाल नीतिप्रति कडा टिप्पणी गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा सडकमा भएका प्रर्दशन चीनकै उक्साहटमा भएको बताएका छन् । 

अमेरिकी सहायक विदेशमन्त्री (असिस्टेन्ट सेक्रेटरी) डोनाल्ड लुले भने, “तपाईँलाई थाहा नै छ बेइजिङ पहिलेदेखिनै एमसीसी प्रोजेक्टप्रति आक्रोशित थियो ।”

अमेरिकाको डलासमा नेपाली समुदायसँग बुधबार आयोजित एक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

Dabur Nepal
NIC Asia

एमसीसी सम्झौता गर्न हुँदैन भन्दै सडकमा विरोध भएका थिए । चीनप्रति प्रष्ट संकेत गर्दै लु ले भने, “तपाईँलाई थाहै छ कसले यो गर्न उकास्यो, उत्तरको ठूलो देशले ! किनकि  उ नेपालमा आफ्नो प्रभुत्व कायम गर्न चाहन्छ ।”

नेपाल र अमेरिकाबीचको सम्बन्धमा सरकारी तहमा कहिलेकाहिँ तलमाथि हुने गरेको भए पनि जनस्तरमा भने सधैं समधुर सम्बन्ध रहँदै आएको उनको टिप्पणी थियो ।

एमसीसी सम्झौता शुद्ध अनुदान भएको बताउँदै लुले भने, “सम्झौताको डकुमेन्टभन्दा हामी तलमाथि गर्दैनौँ त्यसमा अमेरिकाले छुट्टै व्याख्या गर्दैन ।  सम्झौतामा जे उल्लेख छ त्यहीअनुसार हुन्छ ।” 

नेपालमा संसदले गत फेब्रुअरीमा यो सम्झौता स्वीकृत गरेको थियो । यस क्रममा १२ बुँदे ब्याख्यात्मक टिप्पणी पनि संसदले स्वीकारेको थियो । 

अमेरिका सरकारका स्टेट डिपार्टमेन्टका वरिष्ठ अधिकारीले नेपाली समुदायसँग छलफल गरेको यो पहिलोपटक हो । 

उक्त अवसरमा लुले एमसीसी र एसपीपीबीच कुनै पनि तालमेल नरहेको समेत बताए ।

“एसपीपी नेपाली सेनाको मेडिकल सेवा, उचाईमा गरिने तालिम, उद्धार लागि हुने सहयोग मात्र हो,” लुले भने “एसपीपी दुई देशका सेनाबीचको आपसी सहयोग आदान प्रदान र उपहार मात्र हो एमसीसी र एसपीपी नितान्त फरक हुन् ।” 

लुले गत नोभेम्बर महिनामा नेपाल भ्रमण गरेका थिए । त्यस अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीतिक पार्टीका वरिष्ठ नेतालाई भेट गरेको उनले बताए ।

माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग भएको भेटको उनले विशेष चर्चा गरे ।  नेपाली समुदायसँगको अन्तरक्रियाको सुरुमै उनले आफ्नो नेपाल सम्बन्धकाबारेमा जानकारी दिएका थिए ।

जनकपुरमा रिक्सा चढेको मात्र होइन शेर्पाको हिमाल आरोहणका बारेमासमेत आफुलाई जोडेको बताए ।

उक्त अवसरमा नेपाली समुदायसँग नेपाल–अमेरिकाबीच दोहोरो कर उन्मुक्ति, इमिग्रेशन, नेपाली विद्यार्थीका समस्यालगायतका विषयमा छलफल भएको थियो । 

अमेरिकाले विश्वका ६९ देशसँग दोहोरो कर खारेजी सम्झौता गरेको जानकारी दिँदै लुले भने, “यस विषयमा म पहल गर्छु ।” 

छलफलमा अमेरिकी विदेश मन्त्रालयका अन्य कर्मचारी पनि सहभागी थिए । समुदायका केही समस्या परेमा स्टेट डिपार्टमेन्टका वरिष्ठ अधिकारीलाई सम्पर्क राख्न सुझाव दिएका थिए । 

टेक्सस डलास ठुलो संख्यामा नेपालीको बसोबास भएको क्षेत्र हो । यहाँ नेपाली समुदायले थुप्रै क्षेत्रमा करोडौँ लगानी गरेका छन् । 

अन्तरक्रियामा करिब ३० जनालाई सहभागी गराइएको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro