देश

धनगढी । डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको शव फेला परेको हो । उनीहरू देवर भाउजू नाता पर्ने हुन् ।
आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुवैको शव एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९ १८:०४
प्रतिक्रिया दिनुहोस्