site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चुनावअघि ओलीको त्यो ‘हुँकार’, पुगेका धेरैजसो ठाउँमै पराजित !
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय चुनाव सार्नका लागि सत्ता गठबन्धनका नेताहरु छलफल गरिहेका छन् भन्ने आरोप लगाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी देश दौडाहामा निस्किइसकेका थिए । 

उनले वैशाखको ९ गतेसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्ने विषयमा आफूलाई प्रस्ताव पठाएको मतदानकै दिनमा खुलासा गरेका थिए ।

तर त्यसलाई सत्ता गठबन्धनले जवाफ दिइसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सत्ता गठबन्धनलाई ‘ठगबन्धन’ नाम दिँदै ओली आफ्नो पार्टी पहिलो बन्ने आफ्नो दाबीमा जनतालाई ढुक्क पार्ने प्रयासमा थिए ।

यतिसम्म कि ओलीले पार्टी प्रवेश गर्नेको ओइरो लागेको कारण आफूले समय मिलाउन नसकेको भनेर पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै भनेका थिए । 

Global Ime bank

चुनावी अभियानका क्रममा सबैजसो चुनावी सभामा ओली आफैं पुगे । पार्टीका बाँकी नेता फुर्सदिलाजस्ता थिए । 

ओलीले पार्टीका वरिष्ठ नेताहरुलाई फुर्सदिलो बनाउँदै एकै दिनमा छ वटासम्म सभालाई सम्बोधन गर्न भ्याए । उनले एमालेसँग लड्ने तागत र आँट कुनै पनि दलको नभएको भन्दै बाँकी सबै दल एक हुँदा पनि एमाले पहिलो हुने भनाईलाई देशभर सुनाए । 

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अधिकांश नजिता सार्वजनिक भइसकेको छ । ओलीको देश दौडाहा र उनका दाबी चुनावी नजिताले उल्टो सावित गरिदिएको छ । किनभने ओली चुनावी सभा गर्न पुगेका अधिकांश पालिका एमालेले हारेको छ । ओलीले ‘अरु पार्टीका त उमेदवार नै छैनन्’ भनेका ठाउँमा नै एमालेका उमेदवारहरु पराजित भएका छन् । 

ओलीले पार्टी प्रवेश कार्यक्रमलाई निकै प्राथमिकता दिएका थिए । उनले चुनाव लक्षित सभा निकै अघिबाटै थालेका थिए । वैशाख १८ गते एताका सभालाई मात्र हेर्ने हो भने पनि उनले थुप्रै पालिका पुगेर चुनावी कार्यक्रम गरेका थिए । उनको सभामा उपस्थिति पनि राम्रै देखिने गरेका थियो । 

कहिले कहाँ पुगे ओली ? यस्तो रह्यो चुनावी नतिजा 

चुनावी सभाका क्रममा ओलीले वैशाख १८ गते मकवानपुरको हेटौंडामा आयोजित सभालाई सम्बोधन गरेका थिए । श्रमिक दिवसका अवसरमा जिफन्टद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न ओली त्यहाँ पुगेका थिए । उनले जनतामै नभएका पार्टीहरुको गठबन्धनको अर्थ नहुने भन्दै एमाले धेरै मतसहित जित्ने दाबी गरेको हेटौंडा उपमहानगरपालिका एमालेले हारेको छ । हेटौंडा उपमहानगरपालिका गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीले जितेको छ ।

हेटौंडा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी पार्टीका मीनाकुमारी लामा निर्वाचित भइन् । त्यहाँ मेयर पदमा एमालेका उमेदवार अनन्तप्रसाद पौडेल पराजित भए । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् । 

एकैदिन गृह जिल्लाका चार पालिकामा सभा : दुई पालिकामा पराजित 

वैशाख २० ओलीले गृह जिल्ला झापाका चारवटा पालिकामा चुनावी सभालाई सम्बोधन गरे । सोही दिन सम्बोधन गरेकामध्ये दुईवटा पालिका एमालेले गुमाएको छ । वैशाख २० गते भद्रपुरमा भाषण गरेका ओलीको पार्टी एमालेले भद्रपुर नगरपालिका जोगाउन सकेन । 

भद्रपुरको मेयरमा कांग्रेसका गणेश पोखरेल एमालेका असारु राजवंशीलाई पराजित गर्दै निर्वाचित भइसकेका छन् । उपमेयर राप्रपाको पोल्टामा पर्यो । भद्रपुरमा राप्रपाकी राधा कार्की निर्वाचित भइन् । 

वैशाख २०मै ओलीले झापाकै हल्दिवारीमा आयोजित चुनावी सभालाई सम्बोधन गरे । हल्दीवारी एमालेलाई पराजित गर्दै राप्रपाले जितेको छ । राप्रपा अधयक्ष राजेन्द्र लिङ्गदेनको गृह पालिका हल्दिबारीको अध्यक्षमा उनै लिङ्गदेनका भाइ रविन्द्रप्रसादले एमालेका डम्बरबहादुर गिरीलाई फराकिलो मतान्तरले पराजित गरे । उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भइन् ।

चुनावी दौडाहा अन्तर्गत ओली वैशाख २० मै झापाको मेची नगर र विर्तामोडमा संम्बोधन गर्न पुगेका थिए । मेचीनगरमा एमाले निर्वाचित भएको छ । एमालेका गोपालचन्द्र बुढाथोकी मेयर र एमालेकै मीनाकुमारी पोखरेल उपमेयरमा निर्वाचित भए । यतै विर्तामोडको नतिजा पनि एमालेकै पक्षमा आएको छ । 


विर्तामोड नगरपालिकामा एमालेबाट पवित्रादेवी महतारा मेयरमा निर्वाचित हुँदा एमालेकै नगेन्द्रप्रसाद संग्रौला उपमेयरमा निर्वाचित भएका छन् । 


माइ नगरपालिकामा एमालेको जित 
वैशाख २१ गते ओलीले इलामको माइ नगरपालिकाको दानबारीमा आयोजित सभामा भाषण गरेका थिए । माइ नगरपालिकाको मेयर र उपमेयर एमालेले नै जितेको छ । मेयरमा एमालेका खम्बासी लिम्बु र उपमेयरमा एमालेकै हिमा भण्डारी निर्वाचित भएका छन् । 

बर्दगोरीयाको मेयर, बेलौरीमा उपमेयर 
वैशाख २२ गते ओली कैलालीको बर्दगोरीयामा चुनावी सभालाई सम्बोधन गर्न पुगेका थिए । एमालेले बर्दगोरिया गाउँपालिका पनि जितेको छ । 
बर्दगोरीया गाउँपालिका अध्यक्षमा एमालेका कर्णबहादुर कुँवर  निर्वाचित भए । उपाध्यक्षमा माओवादीका गणेशराज गिरीले जितेका छन् ।  


त्यसैगरी ओली चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिमको राजधानी धनगढीमा पनि पुगेका थिए । धनगढी उपमहानगरपालिकामा एमाले तेस्रो भएको छ । धनगढीको मेयरमा स्वतन्त्र उमेदवारी दिएका गोपाल हमाल निर्वाचित भएका छन् भने उपमेयर एमालेले जितेको छ । एमालेकी कन्दकलाकुमारी राना उपमेयर निर्वाचित भइन् । एमाले अध्यक्ष ओली कन्चनपुरको बेलौरीको सभामासमेत पुगेका थिए । 


बेलौरी नगरपालिका उपमेयरमा मात्र एमाले निर्वाचित भयो । कञ्चनपुरमा माओवादी केन्द्रले जितेको एक्लो पालिका बेलौरी बन्यो । बेलौरीको मेयरमा माओवादीका पोतिलाल चौधरी  र उपमेयरमा एमालेका जोगराम चौधरी निर्वाचित भए ।

रौतहटको गौर र चन्द्रपुरमा पराजित 
वैशाख २३ गते ओलीले रौतहटको गौरमा आयोजित चुनावी सभालाई सम्बोधन गरे ।  गौर नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले पराजित भएको छ । यहाँ नेकपा एकीकृत समाजवादीका शम्भु साह र उपमेयरमा नेकपा एसकै शैलकुमारी साह निर्वाचित भएका छन् । यहाँ एमालेले पाएको मत एकदमै न्यून छ । 

सोही दिन ओली रौतहतकै चन्द्रनिगाहपुरमा आयोजित सभालाई पनि सम्बोधन गरे । त्यहाँ पनि एमाले पराजित भएको छ । 

चन्द्रनिगाहपुर नगरपालिकाको मेयरमा कांग्रेसका सञ्जयकुमार काफ्ले निर्वाचित हुँदा उपमेयरमा पनि कांग्रेसकै जयमालाकुमारी चौधरी निर्वाचित भएकी छन् । यहाँ एमाले मेयरमा दोस्रो र उपमेयरमा तेस्रो निकटतम प्रतिद्वन्द्वी बनेको  छ । 

इटहरी र धरान गुम्यो, विराटनगरमा पनि पराजित 

वैशाख २४ गते ओली प्रदेश नम्बर–१ अन्तर्गतका दुईवटा उपमहानगर र एक महानगरको सभामा पुगेका थिए । 

सुनसरीको इटहरीमा आयोजित चुनावी सभामा सहभागी बने । अघिल्लो पटक इटहरी उपहानगरपालिका जितेको एमालेले यसपटक गुमाउन पुग्यो । 

इटहरीमा गठबन्धनको तर्फबाट कांग्रेसका हेमकर्ण पौडेलले एमालेका यामकुमार चुङ्गवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गर्र्दै मेयरमा बने । उप्रमुखमा भने एमाले निर्वाचित भएको छ । एमालेकी संगीताकुमारी चौधरी फराकिलो मतान्तरले निर्वाचित भएकी छन् । 

वैशाख २४ गते नै ओलीले सुनसरीको अर्को उपमहानगरपालिका धरानमा चुनावी सभा गरे । धरान उपमहानगरपालिका पनि एमालेले गुमाएको छ । त्यहाँ स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन् । 


२०७४ को निर्वाचनमा एमालेले धरान उपमहानगरपालिका जितेको थियो । मेयरमा निर्वाचित तारा सुब्बाको निधनपछि भएको उपनिर्वाचनबाट कांग्रेसका किशोर राई निर्वाचित भएका थिए ।

अहिले स्वतन्त्रबाट राई मेयर निर्वाचित हुँदा उपमेयरमा माओवादीका अइन्द्रविक्रम बेघा निर्वाचित भए । यहाँ एमालेले तेस्रो मत पाएको छ । 

वैशाख २४ गते नै ओलीले मोरङको विराटनगर महानरपालिकामा चुनावी सभा गरे । अघिल्लै चुनावमा एमालेले गुमाएको विराटनगर महानगरपालिकामा यसपटक पनि कांग्रेस निर्वाचित भयो । एमालेले उपप्रमुखमा चित्त बुझाएको छ । 

मेयरमा निर्वाचित कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत ल्याउँदा एमालेका उमेदवार सागरकुमार थापा २१ हजार ४५५ मत पाएर पारजित भए । उपप्रमुखमा निर्वाचित एमालेकी शिल्पा कार्कीले २५ हजार ६८० मत ल्याइन् । 

वैशाख २४ कै राति ओली विराट चोकमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । 

सुन्दरहरैंचा नगपालिकाकाका लागि उनले गरेको सभाबाट भने एमालेलाई लाभ मिलेको छ । सुन्दरहरैचामा मेयर, उपमेयर दुवै एमालेले जितेको छ । मेयरमा एमालेका केदाप्रसाद गुरागार्इं र उपमेयरमा अकली  चौधरी निर्वाचित भइन् । 

बुटबलमा जोगिएन विरासत 
वैशाख २५ गते ओली रुपन्देहीको बुटवलमा पुगे । बुटवलमा ओलीले पार्टीका उमेदवार विगतमा  जस्तै यसपटक पनि निर्वाचित हुने दाबी गरेका थिए । तर, बुटवल उपमहानगरपालिकामा एमालेले अघिल्लो निर्वाचनको नतिजा जोगाउन सकेन । एमालेलाई मतले दोस्रो र खुम्चिएको हैसियतमा राखिदियो  ।


बुटवलमा ३० वर्षपछि कांग्रेस निर्वाचित हुँदा मेयर बन्ने अवसर खेलराज पाण्डेले पाएका छन् । मेयरमा निर्वाचित भएका कांग्रेसका खेलराज पाण्डेले एमालेका उमेदवार बाबुराम भट्टराईलाई सात हजार ५३१ मतले पराजित गरेका थिए । उपमेयरमा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भएकी छन् । 

भरतपुरमा हार दोहोरियो 
बुटवलको सभा सकेर ओलीले सोही दिन चितवनको भरतपुरस्थित क्यापाचौरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका थिए । २५ गते कांग्रेस नेतृत्वको गठबन्धनको सभा भन्दा उनकै सभामा उत्साह देखिएको थियो । त्यहाँ उनले माओवादी अध्यक्षको छोरी मोह चकनाचुर पारिदिने बताएका थिए । तर, एमाले यसपटक पनि पराजय स्वीकार्न बाध्य भएको छ । 

भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल नै दोहोरिएकी छन् । ५२ हजार २८ मत ल्याएर रेनु निर्वाचित हुँदा एमालेका विजय सुवेदीले ३९ हजार ५२८ मत मात्रै पाए । उमेयरमा कांग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका छन् । 

पोखरामा पनि गुम्यो विरासत

वैशाख २६ गते ओलीले काठमाडौंको कीर्तिपुरस्थित नगाँउ दोबाटोमा चुनावी सभा गरेका थिए । ओलीले सभा गरेको कीर्तिपूर नगरपालिका यसैपटक मात्र एमालेले गुमाएको छ । मेयरमा निर्वाचित कांग्रेसका राजकुमार नकर्मीले एमालेका केशरत्न बज्राचार्यलाई झन्डै ४ हजार मतन्तारले पराजित गरे । 

वैशाख २६ मै ओली चुनावी सभाका लागि कास्कीको पोखरा पुगेका थिए । तर, एमालेले पोखराको विरासत यसैपटक गुमाएको छ । 


अघिल्लोपटक पोखरामा कांग्रेस माओवादी मिल्दा सजिलै हराएको पोखरा यसपटक हार्नुप¥यो, त्यो पनि पार्टीको रुपमा मान्यता नै नदिएर संसद अवरोध गरेको एकीकृत समाजवादीका उमेदवारसँग । एमालेले पोखरामा पनि उपमेयरमा चित्त बुझाएको छ । 

पोखरामा एकीकृत समाजवादीका धनराज आचार्य मेयरमा ५८ हजार ८९३ मत ल्याएर निर्वाचित हुँदा प्रदेश सांसदबाट राजीनामा दिएर उमेदवार बनेका एमालेका कृष्ण थापा ५२ हजार ८४८ मत मात्रै पाए । पोखराको उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ ६० हजार ५४३ मतका साथ निर्वाचित भइन् । 

ललितपुरमा फराकिलो हार 

ओलीले वैशाख २६ मै ललितपुरमा आयोजित सभालाई सम्बोधन गरेका थिए । ललितपुरमा एमाले यसपटक पनि पराजित भएको छ । 

मेयरमा चिरिबाबु महर्जन दोहोरिँदा अघिल्लो पटक उनैसँग झिनो मतान्तरले पराजित भएका एमालेका हरिकृष्ण ब्यञ्जनकार यसपटक फराकिलो मतान्तरमा पराजित भए । उनीहरुको मतअन्तर १८ हजार १६२ छ । ललितपुरमा पनि एमालेले उपमेयर जितेको छ । एमालेकी एमालेकी मन्जली शाक्य बज्राचार्यले जित हासिल गरेकी छन् । 

अन्तिम दिन ६ ठाउँ सभा 
वैशाख २७ अर्थात् चुनावी सभाको अन्तिम दिन ओलीको अझ धेरै दौडधुप देखियो । वैशाख २७मा ओलीले ६ वटा सभालाई सम्बोधन गरे । २७ गते मध्यरातबाट निर्वाचनको मौन अवधि सुरु हुने भएकाले उनले त्यही दिन छ वटा सभा गरेका थिए । 

ओलीले सो दिनको पहिलो सभा मोरङको मिक्लाजुङमा गरेका थिए । मिक्लाजुङ गाउँपालिकामा एमाले पराजित भयो । अध्यक्षमा एमालेका उमेदवार नरेन्द्र प्रसाद ढुंगेल कांग्रेसका बबीकुमार राईसँग पराजित भए । गाउँपालिका उपाध्यक्षमा भने दिनेश पौडेल निर्वाचित भएका छन् । 

गृह नगर पनि जोगिएन 
२७ गते नै ओलीले गृहजिल्ला झापाको गौरीगंज पुगेका थिए । उनले सभा गरेको गौरीगंज गाउँपालिका अध्यक्षमा कांग्रेसका फुलवती राजवंशी निर्वाचित हुँदा उपाध्यक्षमा एमालेका पुजन न्यौपाने कुँवर निर्वाचित भएका छन् । 

वैशाख २७ गते नै ओलीले गृह नगर दमकमा भाषण गरेका थिए । तर, ओलीले आफ्नै घर रहेको पालिका दमक पनि यसपटक एमालेले गुमाएको छ । दमक नगरपालिकाको मेयरमा राप्रपाका राम थापा निर्वाचित हुँदा एमालेकी गीताकुमारी पौडेल अधिकारी पराजित भइन् । उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई निर्वाचित भइन् । 

ओलीले सोही दिन चुनावी सभा गरेको झापाको कमल नगरपालिकाको मेयरमा कांग्रेसका हुकुमसिंह राई निर्वाचित भए । उपमेयरमा एमालेकी प्रमिला न्यौपाने निर्वाचित भएकी छन् । 

वैशाख २७ गते नै ओलीले गौरादहमा पनि चुनावीसभा गरेका थिए । गौरादहमा भने एमाले निर्वाचित भएको छ । गौरादहको मेयरमा एमालेका छत्रपति सुवेदी र उपमेयरमा एमालेकै जलवर्षा राजवंशी निर्वाचित भए । 


अन्तिम चुनावी सभा : उपमेयर पक्का 

एमालेले काठमाडौंको भृकुटीमण्डपबाट चुनावीसभाको मैजारो गरेको थियो । अन्तिम चुनावी सभा गरेको काठमाडौं महानगरपालिकाको मेयरमा भने एमाले पराजित हुने लगभग निश्चित भएको छ । काठमाडौं महानगरमा ओलीले उत्कृष्ट भन्दै प्रस्तुत गरेका मेयर उमेदवार केशव स्थापित तेस्रो भएका छन् । स्वतन्त्र उमेदवार बालेन शाह निर्वाचित भएका छन् । एमालेले अघिल्लोपटकको विरासत यहाँ पनि गुमाउने पक्का भएको छ ।

अघिल्लो निर्वाचनमा काठमाडौंमा मेयरमा एमाले र उपमेयर कांग्रेस निर्वाचित भएका थिए । यसपटक एमालेले उपमेयर भने सुरक्षित गरेको छ । एमालेकी सुनिता डंगोल गठबन्धनका उमेदवार रामेश्वर श्रेष्ठको भन्दा फराकिलो मतान्तरले विजयी भएकी छन् ।

सबै तस्बिर : ओलीको सचिवालयबाट 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC