site stats
बाह्रखरी :: Baahrakhari
विशेष
भोजपुरको पौवादुङ अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले उमेदवार विजयी 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित एमालेका विजयीकिरण राईले दुई हजार ४९९ मत प्राप्त गरे । उनका निकटतम प्रतिपस्र्धी नेकपा (माओवादी केन्द्र)का उमेदवार नगेन्द्र भुजेलले एक हजार ६८८ मत ल्याए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार मनोज कार्कीले एक हजार ३७१ मत प्राप्त गरे ।

उपाध्यक्षमा निर्वाचित एमालेकै ज्योत्सना राईले दुई हजार ४०६ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीकी सम्झना राईले एक हजार ७६९ मत प्राप्त गरिन् । कांग्रेसकी रामकुमारी राईले एक हजार ३८७ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्