site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईजीपी नियुक्तिलगत्तै गृहमन्त्रीले राखे सुरक्षा समिति बैठक
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आईजीपी नियुक्तिलगत्तै केन्द्रीय सुरक्षा समितिको बैठक राखेका छन् ।

बिहान नेपाल प्रहरीका नवनियुक्त आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका आईजीपी राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले दिउँसो केन्द्रीय सुरक्षा समितिकाे बैठक राखेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बैठकमा विशेषगरी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको सुरक्षा प्रबन्धका सन्दर्भमा अहिलेसम्म भएका कामको समीक्षा भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकार दिए । उनकाअनुसार बैठकमा निर्वाचनको प्रचार प्रसारका क्रममा हुन सक्ने घटनालाई मध्यनजर गर्दै कसरी घटना घट्न नदिने र घटना घटिहालेमा समन्वयात्मक हिसाबले कसरी सामान्यीकरण गर्ने भन्ने विषयमा छलफल भएको छ ।

बैठकमा गृहमन्त्री खाँणले अहिलेसम्म निर्वाचन सुरक्षाका लागि भए गरेका काम प्रशंसायोग्य रहेको भन्दै स्थानीय निर्वाचन शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मिलाउनु पर्ने सुरक्षा प्रबन्धमा कुनै कसर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

Royal Enfield Island Ad

“सरकारको मुख्य ध्येय शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले स्थानीय तह निर्वाचन सम्पन्न गर्नु हो,” गृहमन्त्री खाँणले भनेका थिए, “अहिलेसम्म तपाईंहरूले मिलाएको सुरक्षा प्रबन्ध प्रशंसायोग्य छ । अब अझ राम्रो सुरक्षा प्रबन्धमा मिलाउनु होला ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro