site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्ता गठबन्धन बैठक निष्कर्षविहीन, मंगलबार फेरि बैठक बस्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । स्थानीय निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सोमबार बसेको बैठक निष्कर्षविहीन बनेको छ ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन गरिएको दिनभरको प्रयास असफल भएको हो । तर, धेरै ठाउँमा सहमति नजिक पुगेको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनकाअनुसार बाँडफाँटलाई अन्तिम रूप दिन भोलि (मंगलबार) बिहान साढे ११ बजे पुनः बैठक बोलाइएको छ ।

उनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडासमेतको वस्तुगत स्थितिको बारेमा आफूहरूबीच छलफल भएको र मंगलबार त्यसलाई अन्तिम रूप दिने सहमति गरिएको बताए ।

Royal Enfield Island Ad

"चुनावी तालमेलका बारेमा हामीले गम्भीर छलफल गरेका छौँ र सहमति नजिक पुगेका छौँ । भोलि साढे बजे पनि सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा यसरी नै बैठक बस्ने छ । र, मलाई विश्वास छ– भोलि योयो ठाउँमा यसरी सहमति भयो भनेर जानकारी गराउन सक्दछु । समग्रमा हामी सबै ठाउँमा सहमति नजिक पुगेका छौँ," उनले भने ।

धेरै ठाउँमा सहमति नजिक पुगेकाले सकारात्मक ढंगले अघि बढनुपर्छ भन्नेमा गठबन्धनका सबै नेताहरू सहमत रहेको उनले बताए ।

यही वैशाख ३० गते स्थानीय तहका निर्वाचन हुँदैछ । सत्तारूढ गठबन्धनले भने चुनावी तालमेल गरेर उमेदवार उठाउने सहमति गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro