site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बलिउड अभिनेत्री आलियासँग छैन भारतीय नागरिकता 

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय रणवीरसँगको विवाहका कारण चर्चामा छिन् । 

थुप्रै हिट अनि समीक्षात्मक रुपमा सफल चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री आलियाले अभिनेता रणवीर कपुरसँगको लामो प्रेमसम्बन्धलाई अप्रिल १४ मा वैवाहिक सम्बन्धमा परिणत गरेकी छन् । अभिनेत्री भट्ट सानै उमेर अनि छोटो समयमा बलिउड चलचित्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल बनेकी हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैबीच, भारतीय मिडियामा उनको नागरिकताबारे चर्चा चलेको छ । रिर्पोटका अनुसार भारतीय अभिनेत्री आलिया भारतीय नागरिक भने होइनन् । आलियासँग भारतको नभएर बेलायतको नागरिकता छ । यसअर्थमा उनले भारतको चुनावमा भोट हाल्ने अधिकार पाउने छैनन् । 

यसबारे बोल्दै केही वर्षअघि आलियाले भनेकी थिइन्, “दुर्भाग्यवश मसँग बेलायती पासपोर्ट भएकाले मतदान गर्न सक्दिनँ । अर्कोपटक दोहोरो नागरिकता पाएपछि चुनावमा भोट हाल्ने प्रयास गर्नेछु (भारतमा दोहोरो नागरिकताको व्यवस्था छैन ।)
“आलियाकी आमा सोनी राजदान बेलायती मूलकी हुन् । उनको जन्म बर्मिङ्गममा भएको थियो । त्यसैले आलियाले स्वतः बेलायती नागरिकता प्राप्त गरिन्,” आलिया बुबा महेश भट्टले बताए । 

यही अप्रिल ६ मा कमल आर खान केआरकेले बलिउड अभिनेता अक्षय कुमारसहित आलिया भट्ट र ज्याकलीन फर्नानडिजलाई आ–आफ्नो देश फिर्ता पठाउने भन्दै ट्विट गरेका थिए । उनले लेखेका थिए, “यदि म एक घण्टाको लागि मात्र पनि प्रधानमन्त्री भए भनेँ मेरो पहिलो काम भनेको अक्षय कुमार, आलिया भट्ट र ज्याकलीन फर्नानडिजलाई उनीहरुको घर (देश) पठाउने हुनेछ ।”
अभिनेता अक्षय कुमारसँग क्यानडाको नागरिकता छ भने ज्याकलीन श्रीलंक हुन् । उनीहरुका साथै अभिनेत्री दीपिका पादुकोण, इमरान खान, सन्नी लियोन र कट्रिना कैफ पनि भारतीय नागरिक होइनन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १२:५७
प्रतिक्रिया दिनुहोस्