site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिम प्रदेशसभाले पाएन ‘बिजनेस’, कांग्रेस सांसद भन्छन्– इतिहासमै कलंक
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

धनगढी । सुदूरपश्चिम प्रदेशसभाले ‘बिजनेस’ नपाउँदा बैठक स्थगित भएको छ । सोमबारको प्रदेशसभामा बिजनेस नहुँदा सभामुख अर्जुनबहादुर थापाले अर्को बैठक चैत यही १७ गते बस्ने गरी स्थगित गरेका हुन् ।

पहिलोपटक बिजनेस नहुँदा बैठक सञ्चालनमा समस्या भएको उनले बताए । बिजनेस दिन सरकारलाई ‘रुलिङ’ गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हिउँदे अधिवेशनको दोस्रो बैठक नै बिजनेसविहीन भएको हो । प्रदेशसभाको एक अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । ६ महिना पुग्नै लाग्दा गएको आइतबार  चालु अधिवेशन सुरु भएको हो ।

“प्रदेश सदस्यलाई काममा खटाउनुपर्ने हो, तर हामी सबै फुर्सदमा छौँ,” प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले भने, “सरकारले संसद्लाई बिजनेस दिन नसक्नु विडम्बना हो ।”

Royal Enfield Island Ad

बिजनेस नपाउँदा बैठक दुई दिन स्थगित गर्नुपरेको सभामुख थापाले बताए । “सरकार र समिति संसद्मा बिजनेस नै ल्याउँदैन, कसरी बैठक सुचारु गर्ने ?,” उनले भने, “सरकार र समितिलाई बैठकमा बिजनेस ल्याउन संसद्मा ध्याकर्षण गराएको छु ।”

उनले थपे, “ल्याएका विधेयकमा दफावार छलफलका लागि समितिमा पठाएको छु । ७२ घण्टा समितिमा छलफलमा पठाउनुपर्ने हुन्छ, त्यो बीचमा के विषयमा छलफल चलाउने ? संसद्लाई सुचारु गर्न सरकार र समितिले बिजनेस दिनुपर्‍यो ।”

सुदूरपश्चिम सरकारले भने बिजनेस विधायन समितिमा पठाएको जनाएको छ । “सरकारले पठाएका बिजनेस समितिमा अड्किएका छन्, सभामुख किन समितिलाई भन्नु हुन्न ?,” आन्तरिक मामिलामन्त्री तथा प्रदेश सरकारकी प्रवक्ता पूर्णा जोशीले भनिन्, “महत्त्वपूर्ण विधेयकहरू समितिमा थन्क्याएर राखिएका छन् । सभामुखले पनि समन्वय गर्नुपर्ने हो ।”

कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्का बिजनेस नपाएर बैठक सारिनु ‘इतिहासमै कलंक’ लागेको बताउँछन् । “सरकारले कुनै काम नै गरेको छैन, के बिजनेस आउँथ्यो ?,” उनले भने, “सरकार पूर्ण रूपमा गैरजिम्मेवार भएको छ । सरकार आफ्ना काममा पनि सुस्त भएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro