site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस केन्द्रीय समितिमा देउवा –कोइराला सवाल जवाफ 
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवा र १४औं महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइरालाबीच सवालजवाफ भएको छ । शेखर कोइरालाले गठबन्धन किन, केका लागि गर्ने भन्दै प्रश्न उठाएर ‘पिन्च’ भए पछि देउवा सवाल जवाफमा उत्रिएका हुन् ।
 
स्रोतका अनुसार नेता शेखर कोइरालाले चुनावी गठबन्धन किन र केका लागि भनेर प्रश्न उठाउँदै सभापतिले कार्यकर्ताको मनोवल गिराउने काम गरेको आरोप लगाएका थिए । “किन गर्ने र केका लागि गठबन्धन गर्ने ? रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी कसरी अघि बढ्नुहुन्छ ?,” प्रश्न गर्दै शेखरको भनाइ उद्धृत गर्दै स्रोतले बाह्रखरीसँग भन्यो, “सभापतिले नै एमाले बलियो छ भनेपछि कार्यकर्ताको मनोबल कसरी माथि उठाउन सकिन्छ ?” उनले अहिले सभापतिको प्रस्तुति कांग्रेसको नीति र सिद्धान्तलाई नै तिलाञ्जली दिएर स्वार्थमा लागेको देखिएको भन्दै प्रश्न उठाएका थिए । 

“कांग्रेसको नीति र सिद्धान्तलाई तिलान्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ ?” शेखरको प्रश्न थियो ।
 
स्रोतका अनुसार शेखर बोलेलगत्तै गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणले समय लिएका थिए । उनले गठबन्धन सरकार बन्ने बेलामा नै तीनवटै तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको भन्दै कांग्रेसलाई सहमतिबाट च्युत गराउने प्रयास नगर्न आग्रह गरेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“सरकार बन्ने बेलामै तीनै तहको चुनावमा गठबन्धन हुने भनिएको थियो । त्यो सहमति कांग्रेसले तोड्न हुँदैन,” खाँणको भनाइ उदृत गर्दै स्रोतले भन्यो, “तर, गठबन्धनका नाममा आफ्नो संगठन अलग–थलग पार्न हुँदैन ।”

खाँणले बोलिकसकेपछि सभापति देउवा आफैं शेखरलाई जवाफ दिन उत्रिए । “म कांग्रेसको सिद्धान्त कसरी तोड्छु ?”, देउवाले शेखरलाई प्रश्न गर्दै भने, “माओवादीलाई मैले ल्याएको हो ? हिजो गरिजाबाबुलाई प्रश्न गर्न सक्नुभयो ?”

Royal Enfield Island Ad

शेखरतर्फ औंलो ठड्याउँदै देउवाले अगाडि थपे, “अहिले माओवादीलाई बोक्यो भन्ने ? हिजो गठबन्धन नगर्दा तपाईंहरू पनि हार्नु भएको हैन ? म पनि बालबाल जितेको हुँ नि ।” 

उनले शेखरलाई हिजो पनि यसरी नै बोलेका कारण गठबन्धन नभएको आरोप लगाए । “हिजो पनि तपाईंहरूले यसरी नै बोलेर गठबन्धन बन्न नसकेको होइन ?,” देउवाले भने, “कांग्रेसको नीति सिद्धान्तका बारेमा मलाई नसिकाउनुस् । म कांग्रेसका लागि जीवन काटेको मान्छे हुँ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro