site stats
बाह्रखरी :: Baahrakhari
विशेष
पलको बयान– गायिकालाई बियर खान दिई म कमल खत्रीसँग सुतेको हुँ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बलात्कारको आरोप लागेका कलाकार पल शाहले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले सरकारी वकिलको कार्यालय तनहुँमा दिएको बयानमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका हुन् ।

बाह्रखरीलाई प्राप्त बयानमा पलले भनेका छन्,“ गत वैशाख १ गते साँझ तनहुँ दुलेगौंडास्थित प्रदीप थापाको घर कोठामा बास बसी राति अबेरसम्म बियर खार्दै पीडित र मैले म्यासेज आदान प्रदान गरेका हौं । राति अन्दाजी ११ बजेर ४५ मिनेटतिर  हामीले खाई बाँकी रहेको बोतलको बियर लिएर पीडित सुतेको कोठामा गई ढोका धकेली भित्र पसी उनलाई बियर खान दिई, फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ ।”

पलविरुद्ध जिल्ला प्रहरी कार्यायल तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको थियो । एक नाबालिग गायिकामाथि उनले बलात्कार गरेको आरोप छ । पलविरुद्धको मुद्दा अदालतमा पेस भइसकेको छ । तनुहँ र गैडाकोटमा पलले सरकारी वकिलसमक्ष आफूमाथि लागेको आरोपको बचाउ गरेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १४:५१
प्रतिक्रिया दिनुहोस्