अर्थ व्यवसाय
काठमाडौं । अर्थमन्त्री जनार्दन शमाले विदेशमा कमाएको पुँजी र सीप नेपालमा सदुपयोग गर्न एनआरएनएलाई आह्वान गरेका छन् ।
मंगलबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ विश्व सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।
एनआरएनएप्रति मुलुकको निकै ठूलो विश्वास रहेको उनले उल्लेख गरे । मुलुकको विकासका लागि पनि एनआरएनएको निकै ठूलो भूमिका भएको उनको भनाइ छ ।
ग्रामीण अर्थतन्त्रको विकास नभएसम्म मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न नसकिने पनि उनले बताए ।
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८ १५:१५
प्रतिक्रिया दिनुहोस्