site stats
बाह्रखरी :: Baahrakhari
विशेष
एक साताभित्र ५५ लाख डोज कोभिड–१९ विरुद्धको खोप आइपुग्ने
फाइल तस्बिर ।

काठमाडौं । कोभिड–१९ विरुद्धको ५५ लाख डोज खोप यही मार्चभित्र नेपाल आइपुग्ने भएको छ । चीनबाट ४० लाख डोज साइनोभ्याक र कोभ्याक्स सुविधामार्फत १५ लाख डोज फाइजर खोप नेपाल आउने हो ।

चीन सरकारले अनुदानमा दिएको ४० लाख डोज खोप लिन मार्च २५ र २७ तारिखमा नेपाल एयरलाइन्सको चार्टर्ड विमान त्यसतर्फ जानेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, कोभ्याक्स सुविधामार्फत आउन लागेको ९२ लाख डोज फाइजर खोपमध्ये १५ लाख डोज पनि २८ तारिखमा आइपुग्ने स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दिन मिल्ने फाइजर खोपका लागि भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्रक्रिया अघि बढिरहेको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १३:४८
प्रतिक्रिया दिनुहोस्