site stats
बाह्रखरी :: Baahrakhari
विशेष
उजुरीपछि लम्बियो एआईजी बढुवा प्रक्रिया, अदालतसम्म जाने तयारी

काठमाडौं । लोकसेवा आयोगमा उजुरी परेपछि नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा गर्ने प्रक्रिया लम्बिने भएको छ । ईश्वरबाबु कार्कीसहितका डीआईजीले बढुवा प्रक्रियामा आफूहरूमाथि अन्याय गरिएको भन्दै आयोगमा उजुरी दिएपछि प्रक्रिया लम्बिने भएको हो ।

आइतबार छुट्टाछुट्टै रूपमा डीआईजीहरू आयोगको केन्द्रीय कार्यालयमा पुगेका थिए । बढुवा समितिले यही चैत १ गते डीआईजीहरू वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बढुवा सिफारिस भएका डीआईजी पन्त हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् भने सिंह र धानुक आईजीपीका वैकल्पिक हुन । पन्तले आईजीपीसँगै आउँदो वैशाख १९ गते अवकाश पाउनेछन् । सिंह र धानुक भने भावी आईजीपीका प्रतिस्पर्धी हुन् ।

उजुरीपछि आयोगले यसबारे निर्णय गर्नेछ । आयोगले ढिलोमा १५ दिनसम्म उजुरीबारे निर्णय दिने कानुनी व्यवस्था छ ।

डीआईजी कार्की आफूले कुनै व्यक्ति र संगठनका विरुद्धमा उजुरी नदिएको बताउँछन् । उनले भने, “मैले म पनि एआईजीको दाबेदार हुँ, मेरो पनि योग्यता पुग्छ भनेर न्याय मागेको हुँ । कानुनी निर्णय मलाई मान्य हुन्छ ।”

प्रहरी नियमावलीले दिएको मौका प्रयोग गरेको उनको भनाइ छ । आयोगबाट चित्तबुझ्दो निर्णय नभए अदालतसम्म जाने असन्तृष्ट डीआईजीहरूको तयारी छ ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १२:३४
प्रतिक्रिया दिनुहोस्