खेल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन् । त्रिदेशीय शृंखलामा नेपालको यो चौथो तथा अन्तिम खेल हो ।
यसअघि, नेपालले पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको थियो ।
नेपाल यूएईविरुद्ध पहिलो खेलमा ४८ र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८ १०:५६
प्रतिक्रिया दिनुहोस्