site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
संस्कृतिलाई हेला गरे समावेशीकरण हुन सक्दैन : सत्यमोहन जोशी (तस्बिरसहित)

काठमाडौं । संकृतिविद् सत्यमोहन जोशीले लोकसंस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताएका छन् । 

शुक्रबार ललितपुरमा आयोजित आफ्नो जिवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार्पण समारोहमा बोल्दै संस्कृतिविद् जोशीले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिहरूबीचमा एकता ल्याउने बताए । 

उनले लोक संस्कृतिलाई हेला गरेर राज्य समावेशी बन्न नसक्ने बताए । लोक संस्कृतिले सबैलाई आफू नेपाली भएको भावना जागृत गराउने पनि उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

No description available.

"नेपालमा जाति, जनजातिहरूको, बिभिन्न धर्म, संस्कृतिहरूको समावेशीकरण गरेर एउटा राष्ट्रियकरण गरेर जब नेपाल बन्छ, त्यो बेला राष्ट्रिय एकता भानुभक्तको रामायणले जसरी एकता ल्यायो, भाषिक एकता ल्यायो त्यस्तै लोक संस्कृतिले पनि एकता ल्याउँछ । लोक संस्कृतिलाई हेला गरेर, त्यसलाई विचारै नगरिकन, अघि बढ्यो भने जस्तोसुकै उन्नति भएपनि समावेशीकरण हुन सक्दैन । आपसमा झगडा भइरहन्छ । जस्तो अहिले कति झगडा भइराखेको राजनीतिक अवस्था त यहाँहरू सबैलाई थाहा छँदैछ," उनले भने ।

No description available.

पत्रकार गिरीश गिरीले लेखेको जोशीको जिवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को शुक्रवार एक कार्यक्रमकाबीच ललितपुरमा लोकार्पण गरिएको हो । पुस्तक बुकहिल प्रकाशनले प्रकाशित गरेको हो ।

No description available.

पुस्तकका लेखक गिरीश गिरीले संस्कृतिविद् जोशीले राष्ट्रका लागि गरेको योगदान व्यापक रहेको र त्यसलाई पछिल्लो पुस्तासम्म पुर्‍याउने उद्देश्यसहित पुस्तक लेखिएको बताए ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १९:११
प्रतिक्रिया दिनुहोस्