site stats
बाह्रखरी :: Baahrakhari
विशेष
यस्तो छ निर्वाचन कार्यतालिका 

काठमाडौं । निर्वाचन आयोगले आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको कार्यतालिका तयार पारेको छ । आयोगको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने उमेदवारले वैशाख ११ र १२ गते मनोनय गर्नुपर्ने हुन्छ । उमेदवारी दर्ताका लागि ११ गते बिहान १० बजेदेखि १२ गते साँझ ५ बजेसम्मको समय तोकिएको छ । 

निर्वाचन आयोगको कार्यतालिका अनुसार सोही दिनको साँझ ६ बजे मनोनय दर्ता भएको उमेदवराको सूची प्रकाशन गर्नेछ । उमेदारको विरोधमा वैशाख १३ गते ५ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।
 
१५ गते बेलुकी ५ बजेसम्म मनोनयको उजुरी उपर छानबिन गर्ने कार्यतालिकामा उल्लेख छ । सोही दिन साँझ ६ बजे मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।
 
त्यस्तै, आयोगको तालिका अनुसार १६ गते साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिन सकिनेछ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

१७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्