विशेष

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूले फेरि मेयरमा उमेदवारी दिनेबारे पार्टीले निर्णय गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा शाक्यले आफू हाल पार्टीको कार्यकर्ता नभएर महानगरवासीको मेयरको रूपमा रहेकाले तत्काल उमेदवारी घोषणा गर्न हतार हुने बताए ।
स्थानीय तहको चुनावको मिति घोषणा भएयता मेयर शाक्यले पार्टीले विश्वास गरे आफू फेरि काठमाडौं महानगरको मेयरमा उठ्न तयार रहेको बताउँदै आएका छन् ।
स्थानीय तहको चुनाव आगामी वैशाख ३० गतेका लागि तय गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८ १५:४४
प्रतिक्रिया दिनुहोस्