site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लुम्बिनी प्रदेश स्थापना दिवस देउखुरीमा मनाइने, भोलि प्रदेशभर सार्वजनिक बिदा

दाङ । लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउने भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजनामा हुने कार्यक्रम स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्तिहरू, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरूलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको छ ।

सूचना अधिकारी कमान सिंह थापा मगरका अनुसार भोलि मनाउन लागिएको स्थापना दिवसको तयारी पूरा भएको र सबै मन्त्री तथा प्रदेश प्रमुख दाङ पुगेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभा सभामुख पूर्ण घर्तीसहित प्रदेश मन्त्रीहरूको सहभागिता रहने कार्यक्रममा मन्त्रालयहरूले गरेको प्रगति प्रतिवेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभुषण वितरण गरिने उनले बताए । 

प्रदेश राजधानीका सबै गतिविधि अस्थायी राजधानी बुटवलबाट सञ्चालन भएपनि स्थापना दिवस स्थायी राजधानीमा मनाउन लागिएको हो । १७ महिना अगाडि घोषणा भएको स्थायी राजधानीमा संरचना नबन्दा बुटवल मुकामबाटै सरकारले सबै काम गर्दै आएको छ ।

यसैबीच लुम्बिनी प्रदेश सरकारले फागुन ३ (भोलि) गते प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  १५:४२
प्रतिक्रिया दिनुहोस्