site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिक्रियावादीहरू माओवादीलाई घेरा हालेर सखाप पार्न लागिरहेका छन् : प्रचण्ड
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरूले घेरा हालेर माओवादीलाई सखाप पार्न लागेको बताएका छन् ।

मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज चन्द्रवीर तिरुवा ‘रवीकिरण’सहितलाई पार्टीमा स्वागत गदै उनले ढिलोछिटो माओवादीहरू एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए । परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र जनताको भाग्य–भविष्यका लागि अझै लड्न माओवादी शक्तिहरू एकजुट हुनुपर्ने उनको भनाइ छ ।

“माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन्,” उनले भने, “हामी यति ठूलो परिवर्तनका वहाकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।”

प्रचण्डले जनतासँग जोडिएर आन्दोलनलाई केन्द्रित गरेर माओवादी विजयी हुने पनि बताए । “जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौँ । हामीलाई कसैले परास्त गर्न सक्दैन,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro