site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णाली सरकारका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
तस्बिर : शुरबहादुर सिंह/रासस ।

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार नियुक्त गरेका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ दमडुल (कार्चेन) लामा, जलस्रोत तथा ऊर्जामन्त्री गणेशप्रसाद सिंह, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीलाई पद तथा गोपनीयताको शपथ गराए ।

सरकारमा नियुक्त मन्त्रीहरूमा सत्ता गठबन्धन दलहरूमा सबैभन्दा ठूलो दल नेकपा (माओवादी केन्द्र)बाट जलस्रोत तथा ऊर्जामन्त्री सिंह जाजरकोट र पर्यटनमन्त्री लामा हुम्ला निवासी हुन् ।

यस्तै, सत्ता गठबन्धनभित्रको दोस्रो ठूलो दल कांग्रेसबाट सामाजिक विकासमन्त्री बिसी सुर्खेत र आन्तरिक मामिला तथा कानुनमन्त्री शाही दैलेख निवासी हुन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त रोकाय जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

गत कात्तिक १६ गते मुख्यमन्त्री बनेका शाहीले यसअघि माओवादीबाट विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री र एकीकृत समाजवादीबाट दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरेका थिए । आइतबार पाँच मन्त्री नियुक्त गरेसँगै आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएर कर्णाली सरकारले पूर्णता पाएको छ । रासस

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  ०६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro