site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ महिनामा १० खर्बको आयात हुँदा ९ खर्ब ८० अर्ब व्यापार घाटा
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामै आयात १० खर्ब पुगेको छ । भन्सार विभागको तथ्यांकानुसार पुस मसान्तसमम्को कुल वस्तु आयात ९ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.१३ प्रतिशतले बढी हो ।

आयातसँगै निर्यातमा पनि वृद्धि भएको छ । तर, निर्यातको तुलनामा आयातको अनुपात उच्च हुँदा व्यापार घाटा पनि बढ्दै गएको छ । भन्सार विभागका अनुसार चालु आवको पहिलो ६ महिनामा नेपालको कुल वस्तु निर्यात १ खर्ब १८ अर्ब ८५ करोड पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५.४८ प्रतिशतले बढी हो ।

निर्यातमा वृद्धि भए पनि आयातको तुलनमा न्यून मात्रै हुँदा व्यापार घाटा बढेर ६ महिनामै ९ खर्बनजिक पुगेको छ । पुस मसान्तमा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड पुगेको भन्सार विभागले जनाएको छ । जुन गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४६.६४ प्रतिशतले बढी हो । आयात अत्यधिक हुँदा पुस सुरुवातमा नेपाल राष्ट्र बैंकले विभिन्न २० वटा हार्मोनिक कोड भएका वस्तुको एलसी खोल्न नगद मार्जिनको व्यवस्था गरेको थियो ।

जसले गर्दा आयातमा केही कन्ट्रोल हुने अपेक्ष गरिएको थियो । तर, पुस महिनामा पनि आयात १ खर्ब ६१ अर्बको आयात भएको छ । मंसिर मसान्तमा कुल ८ खर्ब ३८ अर्बको आयात भएकोमा पुसमा थप १ खर्ब ६१ अर्बको आयात भएर ९ खर्ब ९९ अर्ब पुगेको हो ।

राष्ट्र बैंकले गाडी तथा मोटरसाइकल आयात गर्न एलसी खोल्दा विद्युतीयबाहेकको हकमा ५० प्रतिशत नगद माािर्जनको व्यवस्था गरेको थियो । जसअनुसार हार्मोनिक कोड ८७०३ बाट सुरु हुने कार, जीपलगायत आयात मंसिरमा १३ अर्ब १७ करोड रहेकोमा पुसमा १५ अर्ब ११ करोड पुगेको छ । ५ महिनामा १३ अर्बको आयात भएकोमा पछिल्लो एक महिनामा १ अर्ब ९६ करोडको आयात भएकोले आयातमा केही कमी आए पनि यसले मुलुकको बाह्य क्षेत्र सन्तुलन कायम गर्ने उद्देश्यमा भने सहयोग गर्ने अवस्था देखिएन ।

यस्तै, हार्मोनिक कोड ८७११ बाट सुरु हुने मोटरसाइकललगायत वस्तुको आयात मंसिरमा १४ अर्ब ६५ करोडको आयात भएकोमा पुसमा आउँदा १६ अर्ब ९१ करोडको आयात भएको छ । उक्त हार्मोनिक कोडबाट हुने  आयात मंसिरसम्म औसत २ अर्ब ९३ करोड रहेकोमा पुसमा केही घटेर २ अर्ब २६ करोडमा झरेको छ ।

उच्च आयातले अर्थतन्त्रको बाह्य क्षेत्रमा समस्या देखिएपछि राष्ट्र बैंकले आयातमा कडाइ गर्ने केही वस्तुको एलसी खोल्दा नगद मार्जिको व्यवस्था गरेको थियो । जसको प्रभाव केही देखिन लागे पनि त्यसले तत्काल समस्या समाधान गर्नेतर्फ गएको भने देखिँदैन ।

अहिलेकै अवस्थामा आयात हुने हो भने चालु आवको आयात २० खर्बसम्म पुग्ने देखिन्छ । यही आधारमा हेर्ने हो भने व्यापार घाटा १८ खर्बसम्म पुग्न सक्छ ।

निर्यातमा सुधार देखिए पनि उक्त सुधार भरपर्दो देखिँदैन । चालु आर्थिक वर्षको ६ महिनमा पेट्रोलियम पदार्थ मात्रै १ खर्बको आयात भएको छ । जसलाई आयत गर्न पुग्ने निर्यात पनि हामीसँग छैन । पुस मसान्तसम्मको कुल निर्यातमध्ये ६८ अर्ब ६६ करोड रुपैयाँ बराबरको निर्यात सोयाबिन पाम र सनफ्लावर तेलको रहेको छ । आयाततर्फ हेर्ने हो भने पनि यी ३ वस्तु ७५ अर्ब ६० करोड रहेको छ ।

यसरी आयात भएर सामान्य भ्यालु एडिसन गरी भारत निर्यात गरिएको वस्तुको निर्यात वृद्धि भयो भनेर गर्व गर्नुपर्ने अवस्था देखिँदैन ।

भन्सार विभागको तथ्यांकानुसार पुससम्म सोयाबिन तेल ३६ अर्ब ५९ करोड आयात र निर्यात ३४ अर्ब २७ करोड भएको छ । त्यस्त,ै पाम तेल २८ अर्ब ७६ करोड आयात र करिब ३१ अर्ब ९८ करोडको निर्यात भएको छ । यस्तै, सनफ्लावर तेल १० अर्ब २५ करोडको आयात र २ अर्ब ४१ करोडको निर्यात भएको छ ।

पेट्रोलियम पदार्थपछि  स्टिल बिलेटलगायत फलामजन्य वस्तुको आयात उच्च रहेको छ । यसको आयात पूर्वाधार निमार्णमा प्रयोग हुने भएकोले  अर्थतन्त्रमा सहयोग नै गर्ने देखिन्छ ।

त्यस्तै, ३३ अर्ब १ करोडको मोबाइल फोनलगायत सामान आयात हुँदा ६ महिनामा चामल मात्रै २७ अर्बभन्दा माथिको आयात भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro