site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जहाँ बार त्यहाँ खुकुरी रम : विदेशको माग धान्नै सकेको छैन 
Tiktok banner adTiktok banner ad

काठमाडौं । बानेश्वरस्थित हंगर हवका म्यानेजर धु्रव मुनन्कर्मी प्रायः ककटेल प्रयोग गर्दा खुकुरी रमको प्रयोग बढी गर्छन् ।
उनका अनुसार रमको प्रयोग गरेर ‘हट रम पन्च’, ‘समर टाइम’, ‘कुखुरी लेमन फिँज’, ‘माइ–ताई’, ‘स्पाइसी मोजितो’लगायत बनाइन्छ । त्यसमध्ये सबैजसो ग्राहकले खुकुरी रम प्रयोग गर्न मन पराउने उनको टिप्पणी छ ।

टंगालस्थित काल्म रेष्टुरेन्ट एण्ड बारका प्रिन्स क्षेत्री रम प्रयोग गरेर बनाइने पेय पदार्थमा प्रायः खुकुरी रम नै प्रयोग हुने बताउँछन् । ग्राहकले रमको प्रयोग गरेर बनाउने विभिन्न मेन्युमा खुकुरी रम नै प्रयोग गर्न लगाउने गरेको उनको अनुभव छ ।
...
६२ वर्ष पुरानो नेपाली उत्पादन खुकुरी रम पछिल्लो समय नयाँ साजसज्जामा आएको छ । तीन वर्षअघि आएको नयाँ व्यवस्थापनले नेपालमा उत्पादन भएर विश्वका प्रमुख सहरमा रोजाइमा परेको खुकुरी रमलाई स्वादमा परिवर्तन नगरीकनै ‘नयाँ’ बनाएको छ । जुन बजारले समेत अत्यधिक रुचाएको पाइएको छ ।


“६२ वर्षदेखि खुकुरीको स्वादमा कुनै पनि परिवर्तन छैन, चाहे तपाईंले १० वर्ष अगाडि खाने र अहिले खाने स्वाद पनि ६२ वर्ष पुरानै हो,” द नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभास लामिछानेले भने, “हामीले ६२ वर्षदेखिको स्वाद जोगाएर विश्वबजारमा प्रतिष्पर्धी बन्नु नै ठूलो सफलता हो । त्यसले अहिले हरेक बारमा जानुस् या घरमा रमप्रेमी हुनुहुन्छ भने खुकुरी रम नै रोजेको पाउनुहुनेछ ।”

हुन त लामिछाने नयाँ व्यवस्थापन आएसँगै कम्पनीको नेतृत्वमा आएका हुन् । नयाँ व्यवस्थापनले कम्पनी विस्तारमात्रै होइन, बजार, ब्रान्ड र वितरकको टिमनै विस्तार गरेर आक्रामकरुपमा अघि बढाएको छ ।

“हामी आएदेखि नै यसको बृद्धि भइरहेको पाएका छौँ,” लामिछानेले बाह्रखरीसँगको कुराकानीमा भने, “कोडिभ १९ को पहिलो वर्षबाहेक लगातार वृद्धि नै छ । हाम्रो उत्पादनको पहिले पनि माग थियो, अहिले पनि छ । पहिला मागअनुसार पूर्ति गर्न सजिलो थिएन, क्षमता वृद्धि गर्नुपर्ने थियो । अहिले क्षमता पनि वृद्धि हुँदै गयो । बजारको मागअनुसार के के गर्नुपर्छ त्यो गर्दै गयौँ । अहिले हाम्रा उत्पादन काठमाडौंका हरेक बार र रमप्रेमी प्रत्येक घरमा पुगेको छ ।”

खुकुरी रमको सबैभन्दा राम्रो पक्ष भनेकै उत्पादनको समय अर्थात् ६२ वर्षअघिको स्वाद जस्तोसुकै चुनौतीका बीच पनि कायम राख्न सक्नु हो तर यसलाई जोगाइराख्न कतिपय कामहरु प्रविधिबाट होइन कि हातैबाट गर्नुपर्ने हुन्छ । त्यसले बजारको मागअनुसार पूर्ति गर्न सकिँदैन ।

किन?

“हामीलाई क्षमता वृद्धि गर्न अलिकति कठिनाइ पनि छ । त्यो के भने सामान्यतया मेसिनको क्षमता बढाएर मात्रै बढ्ने अवस्था छैन । कयौं रम बनाउन प्रयोग गरिने सामग्री अहिले पनि हातले बनाउछौं । हाम्रो उद्योगमा ती सामग्री बनाउने तीन पुस्तासम्मका व्यक्तिहरु हुनुहुन्छ । त्यसरी काम गर्दा त्यो मान्छे त्यही चिज बनाउन पारङ्गत छ । मेसिन भएको भए ‘क्याल्कुलेट’ गरेर मिसाउन मिल्छ तर मेसिन प्रयोग गर्दा हाम्रो स्वाद हराउन सक्छ । केही कुराहरु तलमाथि हुन सक्छ । त्यस्तो अवस्थामा खुकुरी रमको स्वाद नमिल्न पनि सक्छ । त्यसैले हामीले हातले प्रयोग हुने ठाउँमा मेसिनको प्रयोग गरेका छैनौँ । तर त्यो बाहेकका सबै काम मेसिनले नै गर्छ । बनाउने क्रममा जनशक्ति तयार गर्न पनि हामीलाई समय लाग्छ । आज बजारबाट नयाँ मान्छे ल्याउँछु भनेर पनि पाइँदैन । त्यो स्वाद निकाल्न सक्ने अनुभवि व्यक्ति चाहिन्छ ।”

सामान्यता मदिरा उद्योगमा ‘ह्यान्ड क्र्याफ्ट लिकर’ बनाउने चलन लगभग हराइसक्यो । तर खुकुरी रमले त्यो पहिचान कायमै राख्नका लागि ‘ह्यान्ड क्र्याफ्ट लिकर’मा जोड दिइरहेको छ ।

त्यसैले कम्पनीले अरु कम्पनीले जस्तै रातारात क्षमता बढाउँछु भनेर मात्रै नहुने लामिछाने बताउँछन् ।

“हाम्रो अनुभव के रह्यो भने हामी आउँदा पनि बजारमा माग थियो । हामीले कोरोनाको मारमा पनि काम ग¥यौं । किनभने सेल्समा नयाँ टिम आयो । ब्रान्डमा नयाँ टिम आयो । माग पनि वृद्धि हुँदै गयो । क्षमता पनि त्यहीअनुसार हुँदै गयो, त्यसैले अलि सजिलो अवस्था छ । र, अहिले पनि हामीले रातारात ५० प्रतिशत क्षमता बढाउँछु भनेर सम्भव छैन । अहिले पनि धेरै सिफ्ट चलाएर उत्पादन बढाउन त सक्छौं तर उत्पादन भनेको भर्ने काम मात्रै होइन । भर्ने भन्दा बनाउनु महत्वपूर्ण हुन्छ । रातारात उत्पादन बढाउँछु भनेर हुँदैन । यसले दोहोरो काम गर्छ । यसले मागलाई अलिअलि सम्बोधन गर्दै जान्छ र क्षमतालाई पनि प्रत्येक वर्ष अलिकति बढाउन सकिन्छ,” लामिछानेले अनुभव सुनाउँदै भने ।

ह्यान्ड क्राफ्ट र प्रविधि

प्रविधिको प्रयोग “द नेपाल डिस्टिलरिजले पनि गर्छ । एउटा रम बनाउँदा ‘ब्लेन्डिङ’ हुने भयो । ‘ब्लेन्डिङ’ गर्दा त्यसमा कयौं कच्चा पदार्थहरु प्रयोग हुन्छन् । उदाहरणका लागि ‘क्यारामल’ जान्छ । क्यारामल बजारमा किन्न पाइन्छ । यो बनाउने प्रक्रिया सामान्य हुन्छ । तर, सो कम्पनीले क्यारामल किन्दैन आफैँ बनाउँछ ।

“क्यारामल अहिले पनि हातले बनाउँछौं,” लामिछाने भन्छन्, “दुईजना कर्मचारीको दिनभरको काम नै त्यही हुन्छ । र, उनीहरुले वर्षौँदेखि त्यही काम गर्दै आइरहेका छन् ।”

क्यारामल बनाउने पनि एउटा सेन्सेटिभ प्रक्रिया हुन्छ । कति हदसम्म पकाउने, के गर्ने भन्ने हुन्छ । त्यसलाई स्वचालित बनाएर भएन । त्यहाँ प्रविधिको के प्रयोग गर्ने ? त्यहाँ मूल्यांकन गर्नव्यक्ति चाहिन्छ । 
यस्तै अरु सामग्री छन्, त्यसमा प्रविधिको प्रयोग भनेको या त प्रयोगशालाबाट बनाएकोलाई सेन्थेटिक इन्ग्रिडेन्ट ल्याएर मिसाउनुपर्‍यो कि आफैँले बनाउनु पर्‍यो । 

“हामी आफैँ बनाउँछौं । त्यो बनाउन प्रविधि प्रयोग गर्ने भन्ने नै हुँदैन । बनाउने पनि व्यक्तिले नै हो । उसले सुँघेर, खाएर, टेष्ट गरेर परीक्षण गर्छ । कुनै सुँघेर परीक्षण गर्ने हुन्छ, कुनै खाएर परीक्षण हुन्छ, यो काम मेसिनले पनि गर्न सक्छ तर स्वाद त थाहा हुँदैन हामीले स्वाद कायमै राख्न यस्तो गरेका हौँ,” उनी भन्छन् ।

त्यसो भए मेसिनको प्रयोग के का लागि गर्नुहुन्छ ?

“हाम्रो अत्यधिक प्रविधिको प्रयोग हुने भनेको बोटलिङ, प्याकेजिङमा हो । प्याकेजिङमा व्यक्तिले हातै लगाउँदैन । स्वचालित प्रक्रियाबाट रम बोटलमा जान्छ, क्यापिङ हुन्छ, केस (कार्टुन) प्याकिङ हुन्छ । यी सबै भएर फाइनल कार्टुन (केस) आइपुग्छ । जहाँ प्रविधिले मात्रै काम गर्छ । स्टीकरदेखि जे जे लगाउनुपर्ने हो ती केही पनि काम व्यक्तिले गर्दैन, प्रविधिले नै गर्छ,” लामिछाने भन्छन् ।
जुन स्वाद व्यक्तिले बनाइरहेका छन्, त्यो स्वाद प्रविधिले दिँदैन । जस्तो रम बनाउन एउटा इन्ग्रिडेन्ट चाहियो । त्यो बनाउन ६ महिना लाग्छ । ९० दिनमा त्यो इन्ग्रिडेन्ट परीक्षण गर्दा वा सुँघ्दा ९० दिनमै त्यो तयार नभएको पनि हुन सक्छ, प्राकृतिक शैलीमा । किनभने गर्मी हुन्छ, जाडो हुन्छ, मौसम फरक हुन्छ, ताप फरक हुन्छ । आद्रता फरक हुन्छ । ९० दिनमा भएन अब पाँच दिन पर्खौँ भन्न पनि सकिन्छ या ८० दिनमा पनि तयार भएको पनि हुन सक्छ । 

त्यो त मेसिनले गर्न सक्दैन । व्यक्तिले नै चाखेर, सुँघेर गर्ने काम हुन् । ती व्यक्तिहरु नै पुस्तादेखि काम गर्नेहरु छन् । उनीहरुको तालिम पनि वर्षौँवर्षको छ । 
...
तीन वर्षअघि नयाँ व्यवस्थापन आउँदा यो रमको बजार हिस्सा ७५ प्रतिशत थियो । त्यसबेला पनि खुकुरी रमको उपस्थिति कमजोर थिएन तर अहिले हरेक बार र रमप्रेमीको घरमा पुगेको हुँदा ९५ प्रतिशतमाथि बजार हिस्सा यसले ओगटेको छ ।

“नयाँ व्यवस्थापनको टिमपछि पछिल्लो तीन वर्षमा बढेर ९५ प्रतिशत माथि पुगेको छ,” लामिछाने सुनाउँछन्, “९५ प्रतिशत माथि बजार हिस्सा बनाउन सक्नु ६२ वर्षसम्मको अनवरत लिगेसी, नयाँ व्यवस्थापन आएपछि भएको काम, यसको स्वादलगायतको समीश्रण हो । किनभने, नयाँ व्यवस्थापनले स्टेपलाइजर गर्न सक्छ । यसले लिगेसी त पाएको हो नि । जुन नाम छ खुकुरी भन्ने । यसका केही उतारचढाव पनि भए । एउटा यस्तो समयमा आयो, जहाँ अरु ब्रान्डहरु पनि आए । एकदम बढी प्रतिस्पर्धा भयो । नयाँ ब्रान्ड आइसकेपछि विश्व बजारको अनुभव हेर्दा पनि त्यसले केही न केही बजार हिस्सा लिन्छ । ग्राहकले पनि सुरुमा नयाँ ब्रान्ड आउँदा टेष्टको मौका लिन खोज्छन् जुन स्वाभाविक पनि हो ।”

नयाँ व्यवस्थापन आएपछि कुन रणनीतिमा अघि बढ्ने भन्ने विषयमा छलफल गर्‍यो । खुकुरी रमको स्वाद र लिगेसी कायमै राखेर अघि बढ्ने रणनीति तय भएपछि बजार अनुसन्धानमा लाग्यो कम्पनी ।

बजारमा पटक पटक गरिएको अनुसन्धानपछि ब्रान्ड परिवर्तनसँगै अघि बढ्यो कम्पनी । 

रि–ब्रान्डिङ, रणनीतिक निर्णय थियो कम्पनीको । ६०–७० प्रतिशत बजार हिस्सा हुने बित्तिकै रि–ब्रान्डिङ्गमा कठिन हुन्छ । किनभने व्यक्तिले त्यो चिज मन पराएको छ तसर्थ बजार ओगटेको छ भन्ने हुन्छ ।

रि–ब्रान्डिङ्ग गर्दा धेरै कतिको सोच के हुन्छ भने यसको स्वाद परिवर्तन भयो भन्ने हुन्छ । स्वाद परिवर्तन गर्ने भनेको ठूलो काम हो । यो वर्षौँ लाग्ने काम हो । स्वाद परिवर्तन गर्ने कसैले पनि निर्णय गर्दैन तर मान्छेमा यस्तो यावत् सोचहरु आउँछन् ।
त्यसैले रि–ब्रान्डिङ्ग अक्सर रणनीतिक निर्णय हुन्छ । 

“त्यसलाई हेरौं भनेर मात्रै हामीले गरेको होइन,” लामिछाने भन्छन्, “रि–ब्रान्डिङ्ग गर्नुमा हामीहरुको दुईओटा उद्देश्य थियो । पहिलो, २० वर्षभन्दा बढी भएको थियो कि यसमा मूख्य परिवर्तन नआएको । अर्को, उपभोक्ताले हामीहरुको उत्पादन मन पराउँछन् । उसले जस्तो फर्ममा छ, उस्तै फर्ममा मन पराउँछन् । भन्नुको मतलब यो होइन कि यसलाई नयाँ वा राम्रो प्याकेजिङ दिनु हुँदैन । उपभोक्ताप्रति ब्रान्डले सम्मान पनि देखाउन सक्नुपर्छ । आज मेरो उत्पादन मन पराइरहनुभएको छ । मानौं, प्याकेजिङ्ग धेरै पुरानो छ । नयाँ प्याकेजिङ्ग दिनु भनेको त समयसापेक्ष बनाउनु पनि त त्यसको उद्देश्य हो ।

उपभोक्तालाई मनमा लाग्न सक्छ कि समय सापेक्ष बनाइदिएको भए हुन्थ्यो । दुई वर्ष अगाडि हामीहरुले अनुसन्धान गरेको थियौं । रि–ब्रान्डिङ्ग गर्नुपर्ने, गर्नु नपर्ने । गर्‍यौं भने के चिज प्याकेजिङ्गमा आउनुपर्ने भनेर अनुसन्धान गरेका थियौं । त्यो बेला धेरै उपभोक्ताले रि–ब्रान्डिङ्ग गरेपनि/नगरेपनि फरक पर्दैन, हामीले उपभोग गर्छौँ, गर्छौँ नै । तर, यो यो चिज भइदिएको भए हुन्थ्यो भने अपेक्षा आए । भनेको कता कता उपभोक्तालाई रि–ब्रान्डिङ्ग गर्नुपर्छ भन्ने रहेछ । रि–ब्रान्डिङ्ग गर्नुभयो भने पहाड नहटाइदिनु होला भन्ने थियो । विदेशी बजारबाट पनि पहाड नहटाउन सुझाव आयो । बोतलमा मात्रै होइन कार्टुनमा पनि पहाड नहटाउनु भन्ने आयो । अहिले अझ राम्रो तरिकाले निखारिएर आएको छ । त्यसैले उपभोक्ताको इच्छा आएपछि रि–ब्रान्डिङ्ग गर्‍यो भने मन पराउँदा रहेछन् भन्ने भयो । पुष्टि पनि भयो ।”

रि–ब्रान्डिङ्ग गरेपछि धेरैले मन पराए । कम्पनीको उद्देश्य पनि त्यही थियो । त्यसैले अनुसन्धान पनि विभिन्न चरणमा भएको थियो । प्रि–प्याकेजिङ्ग अनुसन्धान भयो । त्यसपछि एजेन्सीहरुमा काम भए । यसमा सहभागी हुन चाहेका विश्वभरका १० वटा एजेन्सीमध्ये एउटा बेलायती एजेन्सी छनोटमा पर्‍यो ।
किनकि बेलायतीहरुले नेपाली कुरा अलि सजिलो रुपमा बुझेको पाइएको कम्पनीको अनुभव छ ।

“यसको सम्झौता बेलायती एजेन्सीले लियो । पहिलो प्रारुप तयार पारेर पठायो, त्यसलाई बजारमा लगेर फेरि अनुसन्धान गर्‍यौं । त्यसको प्रतिक्रिया एजेन्सीलाई गयो । एजेन्सीले त्यो प्रतिक्रियाको आधारमा डिजाइन तयार पार्‍यो । फेरि उपभोक्ताकहाँ गयौं । यसरी रि–ब्रान्डिङ्गको प्याकेजिङ्ग तयार भएको थियो । अनुसन्धानसहित २४ महिना लाग्यो । डिजाइन बनाउन मात्रै १२ महिना लाग्यो । हामीले अझ छिटो गरेको हो । यसमा हामी सफल भयौँ,” लामिछाने बताउँछन् ।

निर्यातको अवस्था 

खुकुरी रमको निर्यात विश्व बजारमा पनि भईरहेको छ । विश्वका विभिन्न १२ मुलुकमा खुकुरी रमको निर्यात भएको वर्षौँ भईसक्यो । विदेशी बजारबाट माग आइरहेको छ । तर मागअनुसार कम्पनीले पूर्ति गर्न सकेको छैन । किनकि रमको स्वाद जोगाउन जसरी काम गर्नुपरेको छ, त्यसरी रातारात उत्पादन दोब्बर बढाउन कम्पनीलाई गाह्रो छ ।  

“हामीले जुन प्रक्रियाबाट रम उत्पादन गर्छौ, त्यो प्रक्रियामा रातारात क्षमता वृद्धि गर्ने सम्भावना छैन । एउटा निर्दिष्ट मात्रामा मात्रै क्षमता वृद्धि हुन सक्छ, प्रत्येक वर्ष । त्यो हामीले गरिरहेका छौं । किनभने जुन जनशक्ति छ, ह्यान्ड क्राफ्ट बनाउने त्यो जनशक्ति नै पाइँदैन,” लामिछाने भन्छन्, “जापान, कोरिया, हङकङ, अमेरिकालगायतका देशहरुबाट बढी माग छ,  क्षमताले नदिए पनि केही हिस्सा विदेशी बजारका लागि छुट्टयाएर राख्छौं । ढिलो होला चाँडो होला, उनीहरुले स्टक मिलाएर राख्लान् । मागअनुसार पूर्ति गर्न नसकेपनि निर्यात चाहिँ गरिरहेका छौँ । कति अझै पेन्डिङमै छन् । चारवटा मुलुकको माग अझै पेन्डिङमै छ ।”

ती मुलुकमा रहेका नेपालीको मात्रै नभई विदेशी नागरिकको रोजाइमा समेत परेको अनुभव छ लामिछानेसँग ।

स्पाइस्ड रम पनि बजारमा

वर्षौँदेखि स्पाइस्ड रम निर्यात गर्दै आएको छ कम्पनीले ।
जापान, कोरियामा स्पाइस्ड रम निर्यात हुन्छ । यि सहित अन्य बजारमा पनि जान्छ तर स्पाइस्ड रम नेपाली बजारमा व्यवसायिक रुपमा आएको थिएन । 
“बुटवल–भैरहवामा क्लोज्ड क्याम्पियन गरेका थियौं । त्यो क्षेत्रमा मात्रै ब्रान्डिङ्ग गरेका थियौं, त्यो स्पाइस्ड रमको लागि मात्रै थियो । त्यतिखेर रेस्पोन्स एकदमै राम्रो आयो । स्पाइस्ड रम विशेषगरी निट र कोलासँग खान्छन् । अहिले पनि स्पाइस्ड रम नखाने होइन । अहिले ट्रिपल एक्समा विभिन्न स्पाइसेस राखेर आफैँ नै बनाउने पनि गरिन्छ,” लामिछाने भन्छन्, “अब हामी नेपाली बजारमा पनि स्पाइस्ड रम लिएर आएका छौँ ।”

तर पर्याप्त मात्रामा ल्याउन समस्या पर्ने उनी बताउँछन् ।

“स्पाइस्ड रम बनाउने लामो प्रक्रिया हुन्छ । अहिले पनि हामीले इन्ग्रिडेन्ड आफैँ बनाउने हुनाले समय अलि बढी लाग्छ । त्यसैले यही वर्ष धेरै सकिँदैन उत्पादन गर्न । आगामी आर्थिक वर्षमा उत्पादन बढाउँछौं,” लामिछाने भन्छन्, “विश्व बजारमा यसप्रति राम्रो रेस्पोन्स छ, उपभोक्ताले मन पराएका छन् । यहीँ पनि परीक्षण गर्दा मन पराइएको छ, त्यसैलाई व्यवसायिक रुपमा स्थानीय बजारमा पनि ल्याएका हौं ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro