site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निरन्तर उकालो लाग्दै कोभिड संक्रमण, विज्ञ भन्छन् : डराउने होइन, सुरक्षित रहौँ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोभिड १९ को संक्रमण निरन्तर उकालो लाग्दो छ । विशेषगरी भारतसँग सीमाना जोडिएका जिल्ला र काठमाडौं उपत्यकामा धेरै संक्रमित थपिएका छन् ।

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्यासमेत २७ पुगिसक्दा ओमिक्रोनकै कारण संक्रमणको तेस्रो लहर आउने जोखिम बढेको भन्दै विज्ञहरूले सतर्कता अपनाउन सुझाइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोनका कारण संक्रमितको चाप अत्याधिक बढ्नसक्ने भन्दै भिड हुने कार्यक्रम नगर्न र स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरिरहेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २४ गतेसम्मको तथ्यांकअनुसार नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ६ हजार १४० पुगेको छ । जसमध्ये सबैभन्दा धेरै २ हजार ९७५ जना काठमाडौं उपत्यकामा छन् । यीबाहेक भारतसँग सीमानाका जोडिएका जिल्लाहरूमा टेस्ट पोजिटिभिटी दर २४ प्रतिशतसम्म पुगेको छ । हालसम्मको तथ्यांकअनुसार कोभिड १९ का सक्रिय संक्रमितको संख्याका आधारमा यी जिल्ला 'हट स्पट'का रूपमा रहेका छन् । 

पछिल्ला केही दिनयता भारतबाट नेपाल भित्रिने नाकामा एन्टिजेन परीक्षणबाट नतिजा पोजिटिभ आउने दर बढेको मन्त्रालयको तथ्यांक छ । पुस २४ गते कञ्चनपुरको गड्डाचौकी नाकामा ७१७ परीक्षण गर्दा ४५ जना पोजेटिभ आएको थियो । त्यसैगरी कैलालीको गौरीफन्टा नाकामा ५९१ परीक्षणमा ७१ पोजेटिभ देखिएको थियोभने प्रदेश १ का विभिन्न प्रयोगशालाबाट गरिएका ७८ वटा नमुनाको परीक्षणमा १८ जनाको नतिजा पोजिटिभ आएको थियो । जुन प्रतिशतका हिसाबले २४.६५ प्रतिशत हो । त्यसैगरी गण्डकीका प्रयोगशालामा परीक्षण गरिएका नमुनाको नतिजाअनुसार १६.२१, लुम्बीनीमा १७.३५ र प्रदेश २ मा ११.८६ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । 

Royal Enfield Island Ad

झन्डै आधा सक्रिय संक्रमित काठमाडौंमा 
कोभिड १९ का सक्रिय संक्रमितमध्ये ४८.४५ प्रतिशत संक्रमित काठमाडौंमा रहेका छन् । काठमाडौंका प्रमुख ११ वटा अस्पतालमा उपचाररत संक्रमितको संख्या २५० रहेको छ । हिजो थपिएका ९४४ संक्रमितमध्ये ४८१ जना उपत्यकाका तीन जिल्लामा थपिएको मन्त्रलयको तथ्यांकले देखाउँछ । 

'संक्रमण उच्च हुनसक्छ , भयवित होइन सुरक्षित रहौँ' 
नेपालमा पछिल्लो समय बढिरहेको संक्रमणको अवस्थालाई हेर्दा अबका केही सातामा उच्च हुनसक्ने विज्ञहरूको अनुमान रहेको छ । इपिडिमियोलोजिस्ट डा. विराज कर्माचार्य अहिलेको संक्रमण दरलाई विश्लेषण गर्दा माघको दोस्रो साता संक्रमण उच्च हुनसक्ने बताउँछन् ।

सरकारले यो बीचमा खोपलाई तीव्रता दिनुपर्ने र अस्पतालहरूलाई तयारी अवस्थामा राख्नुपर्ने उनको सुझाव छ । भाइरसको जुनसुकै भेरियन्ट आएपनि सर्ने तरिका उस्तै भएकाले जनस्वास्थ्यका मापदण्डको पालन नै संक्रमणबाट बच्ने मुख्य उपाय भएको जनस्वाथ्यविद डा. शरद वन्तको भनाइ छ ।

होम आइसोलेसन र क्वारेन्टिनहरूमा जनस्वास्थ्यका मापदण्डको पालना भए नभएको सरकारले पनि कडाइका साथ अनुगमन गर्नुपर्नेमा डा. वन्तको जोड छ ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro