site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाङमा साढे २५ हजार मतदाता थपिए

दाङ । दाङमा साढे पच्चिस हजार मतदाता थपिएका छन् । फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा दाङमा सो संख्यामा मतदाता थपिएका हुन ।

पहिलो चरणमा बबई, शान्तिनगर, दंगीशरण र बंगलाचुली गाउँपालिाकामा मंसिर १७ देखि पुस २ गतेसम्म गाउँपालिकाको कार्यालयबाटै नामावली संकलन गरिएको थियो ।

त्यस्तै दोस्रो चरणमा पुस ४ देखि पुस १८ गतेसम्म राप्ती, राजपुर र गढवा गाउँपालिकामा नामाबली संकलनको कार्य भएको हो । यो बीचमा तुलसीपुर उपमहानगरपालिका र घोराहीमा पनि संकलन कार्य भएको छ ।

जसका लागि तुलसीपुरस्थित इलाका प्रशासन कार्यालय, घोराहीको प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, लमहीबाट संकलनको हुँदै आएको छ ।

बसाइसराइ र विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि मतदाता नामावली संकलन गर्ने गरिन्छ । नामावली दर्ता गर्न छुटेका १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त गरेको हुनुपर्छ ।

दाङमा यसअघि तीन लाख ७७ हजार पाँच मतदाताले आफ्नो नाम दर्ता गराएका थिए । पछिल्लो समय थप भएका २५ हजार ५०० सहित चार लाख तीन हजार मतदाता संख्या पुगेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro