site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
पुनरागमनमा बायर्नको जित, डर्टमण्ड बराबरीमा रोकियो
SkywellSkywell

काठमाडौं । साविक विजेता बायर्न म्युनिखले शनिबार राति एक शून्यको नतिजा उल्टाउँदै जर्मन बुन्डेसलिगामा मेइन्जमाथि २–१ को विजय हासिल गरेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्ड भने बोचुमसँग १–१ को बराबरीमा रोकियो । 

एलिनाज एरिनामा भ्रमणकारी मेइन्जले २२औं मिनेटमा करिम ओनिसिओको गोलबाट अग्रता लिएको थियो । जोनाथन बुर्काडटको क्रसलाई ओनिसिओले हेडमार्फत पोष्टको दिशा दिएका थिए । 

KFC Island Ad
NIC Asia

५५औं मिनेटमा बायर्नका किङ्सले कोम्यानले बराबरी गोल फर्काए । खेल सकिन १६ मिनेट बाँकी हुँदा जमाल मुसिलाले गरेको गोल बायर्नको जितमा निर्णायक बन्यो । 

जितसँगै प्रशिक्षक युलियन नागेल्समनले जर्मनीको शीर्ष लिगमा १००औं जित दर्ता गराएका छन् । उनले होफेनहेइम, आरबी लाइपजिग र बायर्नबाट यो सफलता हासिल गरेका हुन् । 

जितसँगै नागेल्समने बायर्नले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । बायर्नले १५ खेलबाट ३७ अंक जोडेको छ । दोस्रो स्थानको डर्टमण्डले समान खेलबाट ३१ अंक जोेडेको छ । पराजित मेइन्ज भने २१ अंकका साथ आठौं स्थानमा छ । 

डर्टमण्डले आजै बोचुमसँग १–१ को बराबरी खेल्यो । घरेलु टोली बोचुमले ४०औं मिनेटमा सेबास्टिन पोल्टरको गोलबाट अग्रता लिएको थियो । पोल्टरले पेनाल्टीमा गोल गरेका हुन् । ५४औं मिनेटमा डर्टमण्डका मारिउस उल्फले बराबरी गोल फर्काएका थिए । तर, भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदियो । 

खेल सकिन पाँच मिनेट बाँकी हुँदा युलियन ब्रान्डटले गोल गरेपछि डर्टमण्ड एक अंक जोड्न सफल भयो । बोचुम २० अंकका साथ दशौं स्थानमा छ ।

अन्य खेलमा चौथो स्थानको होफेनहेइमले पाँचौं स्थानको फ्रेइबर्गलाई २–१ ले हरायो । सातौं स्थानको आरबी लाइपजिगले १३औं स्थानको बोरुसिया मोन्चेनग्लाडबचलाई ४–१ ले पराजित गर्यो । १४औं स्थानको हेर्था बर्लिनले अर्मिनिया बिलेफेल्डलाई २–० ले हरायो । त्यस्तै औसबर्गले कोलनलाई २–० ले पराजित गर्यो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  ०७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro