site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केपी ओली व्यक्ति कि प्रवृत्ति ? प्रतिवेदन लेख्दैछन् प्रचण्ड !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको महाधिवेशन प्रस्ताव गर्ने राजनीतिक प्रतिवेदन लेखनबारे अध्ययनमा व्यस्त हुन थालेका छन् ।

पुसमा गर्ने भनिएको माओवादी अधिवेशनलाई मध्यनजर गर्दै प्रचण्ड राजनीतिक दस्तावेज र आगामी कार्यदिशाबारे अध्ययनमा व्यस्त भएको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

अध्यक्षमा प्रचण्ड नै दोहोरिन निश्चित भए पनि संवैधानिक संकटका कारण महाधिवेशनमा होमिनुपरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा निर्वाचनमा अद्यावधिक नभएका दललाई भाग लिन नदिने बताए पछि दलहरु यतिबेला महाधिवेशनमा केन्द्रित भएका छन् ।

महासचिव भने अहिलेकै अवस्थामा वर्षमान पुन वा अर्थमन्त्री समेत रहेका जनार्दन शर्मामध्ये एक हुनेछन् । तर पुन लामो समयदेखि बिरामी भएका कारण चीनमा उपचाररत छन् । 

Global Ime bank

माओवादी यतिबेला पार्टीका पालिका र नगर अधिवेशनमा केन्द्रित छ । प्रचण्डले निर्वाचनको प्रक्रिया अवलम्बन गर्दै सर्वसम्मतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । हालसम्म चुनिएका सबैजसो नेतृत्व सर्वसम्मतिबाटै आएका छन् ।

सबै अधिवेशनपछि माओवादी राष्ट्रिय महाधिवेशनमा जुट्ने छ । तीन दशक बढी समयदेखि माओवादी कमाण्ड प्रचण्डको हातमा छ ।

सशस्त्र युद्धबाट आएको माओवादी पछिल्लो डेढ दशकमा तीन÷चार समूहमा विभाजित छ । पछिल्लो समय एमाले र माओवादी मिलेर नेकपा बनेपछि संसद् विघटन र त्यसपछिको विकसित राजनीतिक घटनाक्रमले माओवादी र एमाले पूर्ववतः अवस्थामा फर्किएका छन् ।

एमाले पनि विभाजित छ । माधव नेपालको नेतृत्वमा एमाले विभाजित भएको हो । पछिल्लो समयमा प्रचण्डका हरेकजसो अभिव्यक्ति एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नै केन्द्रित छन् । पार्टीको आन्तरिक प्रशिक्षणमा होस् वा जनसभामा प्रचण्डको आधा बढी समय ओलीकै आलोचनामा व्यतीत हुने गरेको पाइएको छ ।

गत शनिबार देशभरको पालिका अधिवेशनलाई भर्चुअल माध्यमबाट गरेको सम्बोधनमा पनि प्रचण्डले ओलीलाई व्यक्ति नभई प्रवृत्तिको संज्ञा दिए । उनले भने,“केपी ओली व्यक्ति हो कि प्रवृत्ति यसलाई गम्भीर ढङ्गले समीक्षा गर्न जरुरी छ । म पनि यसमा अध्ययन गरिरहेको छु । यसबाहेक राष्ट्रिय अन्तर्राष्ट्रिय अध्ययनमा पनि म जुटेको छु । अगामी राजनीतिक प्रतिवेदनमा पनि यो कुरा उल्लेख हुनेछ ।”

कार्यक्रममा पनि प्रचण्डले आफू प्रतिवेदन लेखनमा समेत जुटेको बताएका थिए ।

केही समयअघि भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा पनि प्रचण्ड ओली व्यक्ति र प्रवृत्ति भन्नेबारे एक घण्टा विचार प्रस्तुत गरेका थिए ।

कम्युनिष्ट पार्टीले आन्तरिक राजनीति र बाह्य राजनीतिमा आफ्नो प्रधान शत्रु र मित्रको किटानसमेत बेलाबेला गर्ने गरेका छन् ।

यसपटक माओवादीले प्रधान शत्रुका रुपमा आन्तरिक राजनीतिमा नेकपा एमालेलाई लिनसक्ने नेताहरुको तर्क छ । उनीहरुको बुझाईमा एमाले कम्युनिष्ट सिद्धान्त र आचरणबाट च्युत भइसकेको छ ।

सम्बोधनकै क्रममा प्रचण्ड आफू पछिल्लो समय जनता र कार्यकर्ताको बीचमा जाँदा उत्साहित भएको बताएका थिए । उनले सबै नेता–कार्यकर्ता सच्चिन जरुरी रहेको बताउँदै विगतको जनाधारमै फर्किनुपर्ने बताएका थिए ।

उनले भनेका छन्,“म माथिल्लो डोल्पा पनि पुग्ने । पूर्व पश्चिम,मधेस सबैतीर जाँदैछु । जनताको उत्साहपूर्ण सहभागिताले म पनि उत्साहित भएको छु ।”

उनले माक्सवाद्, लेनिनवाद र माओवाद विचारलाई लिएर अगाडि बढ्नुपर्ने बताउँदै पछिल्लो समय साम्राज्यवाद नयाँ स्वरुपमा आइरहेको बताए ।

माओवादी केन्द्र यतिबेला सदस्यता नवीकरणमा पनि सक्रिय छ । हालसम्म ६ लाख बढी सदस्यता नवीकरण भइसकेको माओवादीले जनाएको छ । अनलाइनमार्फत माओवादीले सदस्यको विवरण राख्न थालेको हो ।

यस्तै देशभर माओवादी केन्द्रले माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकिकृत समाजवादी) सँग सहकार्यको नीति लिएको छ ।

दुवै पार्टीका नेता–कार्यकर्ता एक अर्काप्रति नरम देखिन्छन् । प्रचण्डले पनि ओली प्रवृत्तिको भण्डाफोर गर्न र माधव नेपाल नेतृत्वको पार्टीप्रति सकारात्मक हुन निर्देशन दिएको नेताहरु बताउँछन् ।

 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement