site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रमेश लेखक र एनपी सावद केन्द्रमा देउवाका विश्वासपात्र तर जिल्लाका ‘दुस्मन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो डडेल्धुरा । प्रधानमन्त्री समेत रहेका देउवाका सुदूरपश्चिम प्रदेशमा पार्टीभित्रका दुई विश्वासपात्र हुन् रमेश लेखक र एनपी सावद ।

देउवाले उनीहरूलाई पटक–पटक बन्त्री बन्ने अवसर पनि दिएका छन् । दुवै पार्टीका केन्द्रीय सदस्य हुन् । केन्द्रमा उनीहरू दुवैजना देउवाका विश्वासपात्र भए पनि जिल्लामा भने उनीहरू एकार्काका ‘दुस्मन’जस्तै छन् । दुवैले कञ्चनपुरबाट राजनीति गर्छन् । कञ्चनपुर क्षेत्र नम्बर–३ बाट रमेश लेखक र २ नम्बर क्षेत्रबाट एनपी सावद चुनाव लड्ने गरेका छन् ।

सावद देउवाकै जिल्ला डडेधुराका भए पनि कञ्चनपुरमा राजनीति गर्छन् भने बैतडीका लेखक कञ्चनपुर बसेर राजनीति गर्छन् । यो जिल्लामा पौडेल–कोइराला पक्ष सशक्त देखिएको छैन । त्यसैले देउवा पक्षकै बीचमा लेखक र सावदबीच प्रतिस्पर्धा छ ।

०७४ सालको संसदीय निर्वाचनमा सावद र लेखक दुवै पराजित भएका थिए । लेखक ४०० भन्दा कम मतान्तरले पराजित भएका थिए । त्यति बेला लेखकलाई हराउन सावद समूह नै सक्रिय रहेको आरोप लाग्दै आएको छ ।

कञ्चनपुर कांग्रेसका एक नेता भन्छन्, “उनीहरू दुवै एकार्कालाई देखि सहँदैनन् । दुस्मनजस्तै छन् । तल्लो तहसम्म उनीहरूको गुट कायम छ । यसले पार्टी र उनीहरू स्वयंमलाई हानि गरेको छ ।”

कांग्रेसका सबैजसो अधिवेशनमा सावद र लेखककै गुट प्रतिस्पर्धामा हुन्छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिमा पनि उनीहरूको प्यानल चुनावी मैदानमा थियो ।

चुनावमा एनपी सावद पक्ष बलियो बनेर आयो भने रमेश लेखकको समूह कमजोर देखिएको छ । गुटको अस्वस्थ प्रतिस्पर्धाको सिकार भएका छन् बहालवाला जिल्ला सभापति हरिप्रसाद बोहरा । लेखकनिकट मानिने बोहरा कञ्चनपुर क्षेत्र नम्बर–२ को केन्द्रीय महाधिवेशन प्रतिनिधिको चुनावमा नै पराजित भएका हुन् । अब उनको पुनः सभापतिमा लड्ने वा महाधिवेशनमा माथिल्ला तहको नेतृत्वमा उमेदवारी दिने बाटो बन्द भएको छ ।

गुटगत राजनीतिको सिकार भएका छन् जिल्ला कार्यसमितिका पूर्वसचिव भोजराज बोहरा पनि । उनी दुवै गुटमा थिएनन् । त्यसैले पार्टीभित्र मात्र नभएर पार्टीबाहिर पनि सम्मानित नेता बोहोरा गुटगत राजनीतिबाट पाखा लाग्न बाध्य भएका छन् ।

कञ्चनपुरमा संघका तीन निर्वाचन क्षेत्र र प्रदेशका ६ वटा क्षेत्र छन् । क्षेत्र नम्बर–३ मा केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेशमा रमेश लेखक बलियो देखिए भने अरू क्षेत्रमा सावदकै समूह बलियो देखिएको छ ।

निर्वाचन क्षेत्र नम्बर–३ का दुवै प्रदेशसभामा लेखकनिकट उमेदवारले जितेका छन् । क्षेत्र नम्बर–२ का दुवै प्रदेशसभामा सावदपक्षीय नेता विजयी भएका छन् । निर्वाचन क्षेत्र नम्बर–२ का दुवै प्रदेशसभामा सावद र दिवानसिंह विष्ट समूहका नेता निर्वाचित भए । सबै तहमा सावद र लेखकको समूह प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएको थियो ।

यसअघि, कांग्रेसको वडा, नगर चुनावमा पनि लेखक र सावदको छुट्टाछुट्टै प्यानल बनेको थियो । जिल्ला अधिवेशनमा पनि दुवै नेताको प्यानल बन्ने देखिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro