site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस दाङमा दीपक गिरी प्यानलबाट पाँचजनाले प्रदेश सभापति जिते

दाङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङमा संस्थापनइतर पक्ष बलियो देखिएको छ । जिल्लामा शनिबार भएको निर्वाचनको परिणाम नियाल्दा केन्द्रीय सदस्य दीपक गिरीको प्यानल हाबी बनेको छ ।

जिल्लाका ६ प्रदेश निर्वाचन क्षेत्रहरूमध्ये पाँचवटामा संस्थापनइतर पक्षधर अर्थात् दीपक गिरीको प्यानलका उमेदवार सभापतिमा निर्वाचित हुनुले त्यही कुराको पुष्टि गरेको जिल्लाका एक नेताले बताए । “आफ्नो रबाफ र प्रभाव रहेको भनिएको पश्चिम दाङमा समेत गेहेन्द्र गिरीको प्यानल बढारिएको छ,” ती नेताले भने, “जसले अब जिल्लामा दीपक गिरीको प्यानल मजबुत भएको पुष्टि गरेको छ ।”

निर्वाचन परिणामानुसार दाङको निर्वाचन क्षेत्र नम्बर–१ (क) मा श्रीपद चौधरी र १ (ख) मा निर्वाचित दिनेश गिरी दुवै संस्थापनइतर पक्षधर हुन् । यी दुवै स्थानमा उनीहरूको प्यानल नै विजयी भएको छ ।

त्यस्तै, दाङ निर्वाचन क्षेत्र नम्बर–२ (क) को सभापतिमा निर्वाचित प्रकाश श्रेष्ठ मात्रै संस्थापन पक्षधर रहेको कांग्रेस दाङका एकजना पदाधिकारीले बताए । त्यहाँ पनि उनको प्यानल नै निर्वाचित भएको छ । संस्थापन पक्षबाट प्रदेश सभापतिमा जित्ने श्रेष्ठ जिल्लाका एक्ला सभापति हुन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर–२ (ख) को सभापतिमा निर्वाचित अभियान बस्नेत पनि संस्थापनइतर पक्षधर हुन् । त्यहाँ बस्नेतको टिमले अधिकाश पदहरूमा जिते पनि केही पदहरूमा संस्थापन पक्षधर पनि निर्वाचित भएका छन् ।

त्यस्तै, निर्वाचन दाङ क्षेत्र नम्बर–३ (क)मा देवेन्द्र रिजाल र निर्वाचन क्षेत्र नम्बर–३ (ख)मा खिमबहादुर वली प्रदेश सभापतिमा निर्वाचित भएका छन् । उनीहरू दुवैजना संस्थापनइतर पक्षधर हुन् । रिजालको प्यानलबाट एकजना सचिवबाहेक अरू सबै पदाधिकारीले जितेका छन् भने वलीको सम्पूर्ण प्यानल निर्वाचित भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro