देश
![प्रधानसेनापति र श्रीलंकाका राजदूतबीच भेट](https://12khari.top/uploads/posts/vetghat1634893832.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र श्रीलंकाका राजदूत हिमाली अरुणाटिलाकाबीच आज जङ्गी अड्डामा भेटवार्ता भएको छ ।
प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८ १४:५४
प्रतिक्रिया दिनुहोस्