site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिदाइ कार्यक्रममा खेलाडी अनुपस्थित, हौसला बढाउने नगद पुरस्कार घोषणा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले सर्बियाको हुने आईवा विश्व बक्सिङ च्याम्पियनसिप खेल्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई बिदाइ कार्यक्रम राखेको थियो । खेल सामग्री वितरणसहित बिदाइ गर्ने कार्यक्रममा खेलाडी नै अनुपस्थित रहे ।

खेलाडी अनुपस्थित रहेपनि लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङले आफुहरूले सधै खेलाडीहरूको हकहितको पक्षमा रहेको बताए । अध्यक्ष गुरुङले कार्तिक ८ देखि २० गतेसम्म हुने प्रतियोगितामा खेलाडीहरूको मनोबल बढाउन नगद पुरस्कारको घोषणा गरे । प्रत्येक बाउट जित्ने खेलाडीलाई २५ हजार, स्वर्णपदक जित्नेलाई एक लाख ५० हजार, रजत पदक जित्नेलाई एक लाख र कास्य पदक जित्नेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गुरुङले प्रतियोगितामा सहभागी हुने चार खेलाडी र प्रशिक्षकका लागि दिने भनिएको खेल सामग्री बक्सिङ संघका केन्द्रीय सदस्य ओम नारायण श्रेष्ठमार्फत खेलाडीहरूलाई हस्तान्तरण गरे ।

अध्यक्ष गुरुङले बक्सिङ संघले खेलाडी नपठाएर खेल भावनाविरुद्ध कार्य गरेको बताए । गुरुङले आफू पनि नेपाल बक्सिङ संघको पूर्व महासचिव भएको भन्दै संघले खेलाडीहरूलाई राजनीतिमा मुछेको बताए । उनले बक्सिङ नेतृत्वले विधान विपरित कार्यहरू गरेका कारण संघका पदाधिकारीहरूबीच वैमनस्यता देखिएको बताए ।

Royal Enfield Island Ad

बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठले खेलकुद जस्तो स्वच्छ छवि भएको ठाउँलाई अहिलेको कार्यसमितिले घरायसी संघको रुपमा संचालन गरेको बताए । श्रेष्ठले  बक्सिङ संघलाई खेल भावनाले अगाडि बढाउन नसकेकोमा आपत्ति जनाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro