site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङमा धान र मुसुरो बालीमा १२ करोड बराबरको क्षति

दाङ । आइतबार अपराह्नदेखिको अविरल वर्षाका कारण दाङमा धान र भर्खरै लगाइएको मुसुरो बालीमा क्षति पुगेको छ ।

दाङका अधिकांश स्थानमा काटेको धानबालीमा वर्षाका कारण ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रुद्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार प्रारम्भिक रूपमा गरिएको अध्ययनले करिब १२ करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।

जिल्लामा यो वर्ष ३९ हजार ६०० हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । कृषि ज्ञान केन्द्रले यो वर्ष जिल्लामा धान उत्पादन बढ्ने प्रक्षेपण गरेको थियो ।

कतिपय ठाउँमा काटेर खेतमै सुकाएको धान पानीले भिजाएको छ भने धान नकाटेको ठाउँमा पनि हावासहितको वर्षाले बोट ढालेको छ । काटेर घरमा भित्र्याउने तयारी अवस्थाको धान अविरल वर्षाका कारण खेतमै डुबानमा परेपछि अहिले कृषकहरू धान खेतमा केही भए पनि धान जोगाउन सकिन्छ कि भनेर जुटेका छन् । खेतमा पानी जमेपछि काटेको धान काम नलाग्ने गरी बिग्रिएको र त्यसले जिल्लामा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार केही स्थानमा काटेको धानबाली बाढीले बगाएको छ ।

लगातारको वर्षाले धानबाली र भर्खरै रोपिएको मुसुरोमा क्षति गरेको भन्ने जानकारी पाउनासाथ केही स्थानमा सोमबार दिनभरजसो स्थलगत अनुगमन गरिएको उनले बताए । उनले स्थानीय तहसँगको समन्वयमा क्षतिको विवरण संकलनको काम अघि बढेको जानकारी दिए ।

“अहिले हामीले प्रारम्भिक अनुमान गरेका छौँ, भोलिसम्ममा जिल्लाका सबै पालिकामा धानबालीमा भएको क्षतिको यकिन विवरण आउनेछ । तर, १२ करोड बढीको क्षति भयो कि भन्ने हाम्रो अनुमान हो,” उनले भने, “अहिले नै यति नै क्षति भयो भन्न सक्ने अवस्था त छैन, सबै पालिकाहरूबाट यकिन विवरण संकलन भएपछि क्षतिको आधिकारिक अवस्था बारे सार्वजनिक गर्नेछौँ ।”

राप्ती गाउँपालिका–६ का पुरन चौधरीले वर्षाका कारण खेतमा रहेको धान उठाउन नपाई खेतमै उम्रिने अवस्था आएको बताए । दाउने तयारी गरिएको बेलामा स्याहार्न नपाई भिजेर सबै काम नलाग्ने बनेको उनको दुखेसो छ । सो क्षेत्रमा हजारौँ बिघामा लगाइएको धानबालीमा वर्षाले क्षति गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro