फोटो फिचर
काठमाडौं । काठमाडौं उपत्यकामा खड्ग जात्रा मनाइएको छ । विजया दशमीका दिन नेवार समुदायले निकाल्ने खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा गरी टोल तथा गुठीका मानिस निस्कने गर्दछन् ।
खड्ग धारण गरेर नगर परिक्रमा गरिसकेपछि आसूरी प्रवृत्तिको प्रतीक कुभिण्डोलाई खड्गले प्रहार गरी जात्रा सम्पन्न गरिन्छ । खड्ग जात्रामा शक्तिपीठहरूबाट तन्त्र साधना गरी साँझ देवदेवीको मूर्ति रहेको शक्तिपीठको मूल घरबाट खड्ग जात्रा निकालिन्छ ।
खड्ग जात्रा लिच्छविकालमा सुरु भएको मानिन्छ ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: शुक्रबार, असोज २९, २०७८ १९:५१
प्रतिक्रिया दिनुहोस्