site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरमा दसैँको रौनक (फोटोफिचर)

जनकपुरधाम । जनकपुरधामको चोक–चोक अहिले झिलिमिली बनेको छ । यहाँको बजारदेखि शक्तिपीठ बेहुली झैँ सिङ्गारिएको छ । भिडभाड पनि उत्तिकै छ । शक्तिपीठमा विशेष पुजा गर्नेको घुइँचो लागेको छ । नवरात्रिभरि यहाँ विशेष पूजा गर्ने चलन छ ।

राजा जनककी कुलदेवी राजदेवी मन्दिरलाई निकै आकर्षक ढङ्गले सजाइएको छ । जहाँ मानिसहरू अहिले सेल्फी लिन तछाडमछाड गरिरहेका छन् । स्वयम्सेवकलाई भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । यस्तै, बौद्धिमाई मन्दिर, अमरखाना माई मन्दिर, सोनासति मन्दिरलगायत विभिन्न शक्तिपीठहरूलाई पनि झिलिमिली बनाइएको छ । 

दसैँ अवधिभर जनकपुरधाम उपमहानगर क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । अत्याधिक भिडभाड र पार्किङ अभावमा सडक पनि ठाउँ ठाउँमा जाम हुने गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  २१:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro