खेल
काठमाडौं । वर्षाका कारण खेल स्थगित हुँदा पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सले अंक बाँडेका छन् । ११औँ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित भएको थियो ।
एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटअन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा र भैरहवाले एक–एक अंक बाडेका हुन् ।
वर्षा हुनुपूर्व पोखराले १० ओभर १ बलमा ६५ रन बनाएर ७ विकेट गुमाएको थियो । पोखराका विवेक यादव १६ र विक्रम सोब ७ रन बनाएर क्रिजमा थिए ।
भैरहवाका दुर्गेश गुप्ताले तीन विकेट लिँदा पोखरा कमजोर अवस्थामा देखिएको थियो । भैरहवाका लागि धमिका प्रसाद र अविनाश बोहोराले एक/एक विकेट लिएका थिए ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८ १६:०३
प्रतिक्रिया दिनुहोस्