काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) को कमिटीका विषयमा टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रियसभा गृहमा आयोजित उपत्यका विशेष कमिटीको भेलामा उनले पदाधिकारीको पार्टी भएको भन्दै कटाक्ष गरे ।
“मलाई खासै कमेन्ट गर्नु छैन । अघि भर्खर माने पार्टीको यसो हेर्दै थिएँ । पदाधिकारी पार्टी भएछ । पदाधिकारीको ठाउँ अझै भरिएको छैन । यो पद दिन्छु भनेर खोज्दै हुनुहुन्छ । पाउनु भएको छैन,” उनले भने ।
नेकपा एकीकृत समाजवादीले आज पदाधिकारी चयन गरेको छ ।
उनले एकीकृत समाजवादीका अध्यक्ष कांग्रेसको पछि–पछि हिँडेर दक्षिणपन्थको विरोध गरिरहेको भन्दै कटाक्ष पनि गरे ।
ओलीले राज्यसत्ताको आडमा दुरुपयोग गरेर कानुन उल्लघङ्घन गर्न प्रहरी प्रयोग भइरहेको आरोप पनि लगाए ।