site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
नेम्वाङको प्रश्न– एमालेमाथि कहिलेसम्म भेदभाव भइहरन्छ ?
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक विना अवरोध सञ्चालनका लागि सत्तापक्ष र सभामुखले अझै पहल नगरेको भन्दै आक्रोश पोखेका छन् । पूर्वसभामुखसमेत रहेका नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद् अवरुद्ध पार्नु परेको बताए । 

आइतबार संसद् भवन परिसरमा उनले संसद् अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन पनि संञ्चारकर्मीलाई आग्रह गरे । 

KFC Island Ad
NIC Asia

“संसद् बैठक अवरुद्ध हुने यो स्थितिलाई कहिलेसम्म कायम राख्नुहुन्छ ? कहिलेसम्म प्रतिपक्षलाई हामीप्रति भेदभाव भइहरन्छ ? त्यो भेदभावको स्थिति कहिले अन्त्य हुन्छ भनेर प्रतिपक्षले महसुस गर्ने कहिलेसम्म हो ? यस्तो भइरहँदा पनि सत्तापक्ष र सभामुखले अहिलेसम्म अलिकति पनि कुरा नगरिकन, छलफल नगरिकन बसी राख्न सक्नुहुन्छ ?,” उनले भने ।

नेम्वाङले माधवकुमार नेपालसहितका आफ्ना पार्टीले निष्कासन गरेका १४ जना सांसदहरूको सूचना संसद् सचिवालयमा टाँस नगरुन्जेल अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन नसक्ने पार्टीको अडान समेत बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro