site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेश २ का १० सांसदले रोजे लोसपा (सूचीसहित)

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा आज १० जना प्रदेशसभा सदस्यले सनाखत गराएका छन् । बुधबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेर १० जना सांसदले लोसपाको पक्षमा सनाखत गराएका हुन् ।

प्रदेश सांसद जितेन्द्र सोनलले १० जना सांसदको आज सनाखत गराउने र बाँकी सांसदको अर्को दिन गराउने जानकारी दिए । यसअघि उनले ११ जना सांसदले सनाखत गरेकाे बताएका थिए । तर, उपेन्द्र कुशवाहाले भाेलि सनाखत गर्ने बताएका हुन् ।अनिल झाको श्रीमती डा. डिम्पल झासहित केही नेता बाहिर तथा बिरामी भएका कारण आज सनाखत नगराउने उनको भनाइ छ ।

Argakhachi Cement Island Ad

उनका अनुसार जनता समाजवादी पार्टी (जसपा)बाट १४ जना सांसद खुलेर लोसपा रोजेका छन् । जितेन्द्र सोनल, अभिराम शर्मा र डिम्पल झा अर्को दिन सनाखत गराउने पार्टीको आन्तिरक तयारी छ । सनाखत गराउने समय भदौ २२ गतेसम्म भएपछि केही सांसदको पछि सनाखत हुने सोनलले बताए । तत्कालीन राजपाबाट २५ सांसदले जितेका थिए ।

अहिलेसम्म लोसपा  रोज्ने सांसदहरू :

१. प्रमेश्वर साह
२. सरिता साह
३. बबिता हुमारी
४. निलमदेवी भूमिहारिन
५. अल्का झा
६. गौरी नारायण साह
७. जानकी शरण साह
८. जैलुन राइन
९. रमेश प्रसाद कुर्मी
१०. बाबुलाल साह

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १६:२३
प्रतिक्रिया दिनुहोस्