राजनीति
![राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची](https://12khari.top/uploads/posts/rastrya shava1628557765.jpg)
काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउने कार्यसूची रहेको छ ।
सचिवालयका अनुसार आजको बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ प्रस्तुत हुने छन् ।
यसैबीच, आजै ‘लोक सेवा आयोग विधेयक, २०७५ र ‘विद्युत विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठक बिहान ११ बजे स्ने संसद सचिवालयले जनाएको छ ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८ ०७:०१
प्रतिक्रिया दिनुहोस्