site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङको राप्ती गाउँपालिका अध्यक्ष साढे दुई लाख धरौटी बुझाएर तारेखमा छुटे
फाइल तस्बिर

दाङ । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी साढे दुई लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् । देउखुरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दाङ जिल्ला अदालतले तोकेको धरौटी बुझाएर उनी तारेखमा छुटेको जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले जानकारी दिए । 

सहकारीका सदस्यहरूले पाँच करोड बढी रकम हिनामिना गरेको अभियोगमा गाउँपालिकाका अध्यक्ष सुवेदीसहित २५ जनाविरुद्ध मुद्दा हालेका थिए । त्यसैको आधारमा जिल्ला अदालत दाङले २० जनाविरुद्ध ३५ दिने म्यादसहित पक्राउ पूर्जी जारी गरेको थियो । घोराहीस्थित जिल्ला अदालतमा आफैँ उपस्थित भएका गाउँपालिकाका अध्यक्षसँग अदालतले साढे दुई लाख धरौटी मागेको थियो ।

यसअघि नै सहकारी संस्थाका सह–लेखापाल २९ वर्षीय विक्रम राना, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपानेलाई अदालतले पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । 

रकम हिनामिनाको आरोप लागेकामध्ये कमला पौडेल, युवराज भुसाल, राम पोखरेललगायत सहकारी संस्थाका पदाधिकारी, लेखा परीक्षक, सञ्चालक समितिका पदाधिकारीसहित १९ जना अझै अदालतमा उपस्थित भएका छैनन् । उनीहरूलाई फरा सूचीमा राखिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro