site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनीमा पछिल्लो दुई हप्तामा कोरोना संक्रमण दर बढ्याे

दाङ । लुम्बिनी प्रदेशमा पछिल्लो दुई हप्तामा कोरोना संक्रमण दर बढेको छ । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायातसहित सबैखाले व्यवसाय सञ्चालनमा आएसँगै कोरोना संक्रमित बिरामी बढेका हुन् ।

बजार र सार्वजनिक यातायातमा यात्रुको भिडभाड बढेको छ । तर, स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइँ हुँदा संक्रमण दर पनि बढेको चिकित्सकहरू बताउँछन् । संक्रमित हुनेमा व्यवसायी, पेशाकर्मी लगायत कामकाजी उमेर समूहका रहेका छन् ।

एक सय जनाको पीसीआर परीक्षण गर्दा औसत ३० जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए । रूपन्देहीसहित छिमेकी जिल्लाहरू अर्घाखाँची, गुल्मी, कपिलवस्तु लगायतका जिल्लाबाट आएकाहरूमा कोरोना संक्रमण बढी देखिएको र हरेक दिन कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको डा. पाठकले बताए ।

यसैबीच संक्रमित बिरामी बढेसँगै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना वार्डको आईसीयूका २० ओटै बेड भरिभराउ रहेका छन् । यस्तै, २६ वटा एचडीयू बेडमध्ये १५ बेडमा र इमर्जेन्सीमा ११ जना कोरोना संक्रमित बिरामी भर्ना भएका डा. पाठकले जानकारी दिए ।

सामाजिक दुरी कायम नगर्ने, मास्क नलगाई भिडभाडमा निस्कने र मिल्दोजुल्दो लक्षण देखिँदा पनि परीक्षण नगर्ने परिपाटीले कोरोना संक्रमण बढेको डा. पाठकको भनाइ छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा १ साउनदेखि १७ साउनेसम्म ११६ जनामा उच्च ज्वरो देखिएको फिभर क्लिनिकमा कार्यरत प्यारामेडिक्स कमल गौतमले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले पछिल्लो २४ घण्टामा १७१ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको बताए ।

पेशा, व्यवसाय गर्ने उमेर समूहका व्यक्ति खोप लगाउनबाट वञ्चित भएका कारण पछिल्लो समय यो उमेर समूहका संक्रमित बढी देखिएकाले अब यही समूहलाई खोपमा प्राथमिकता दिनुपर्ने डा. गिरीको सुझाव छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  २०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro