काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएपछि र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटको बार्दलीबाट सम्बोधन गरेपछि गएको हप्ता एउटा निकै चर्चित घटना भयो ।
नेकपा एमाले सम्बद्ध युवा संघ नेपालका युवाहरूले बाँदरको मुखौटा लगाएर एमालेका वरिष्ठ नेता माधव नेपाल तथा नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरोध गरे ।
यो घटनालाई लिएर सामाजिक सञ्जालमा निकै बहस चल्यो ।
यो विरोध र्यालीलाई धेरैले अनेक प्रकारले परिभाषित गरे । कसैले ओली समूहको उपद्रव भने, कसैले आङ कन्याएर छारो उडाएको भन्ने प्रतिक्रिया व्यक्त गरे भने कसैले यस्तो आन्दोलन गर्नु अशोभनीय भएको टिप्पणी गरे ।
वास्तवमा शान्तिपूर्ण आन्दोलनको किन यति धेरै टिप्पणी भयो त ? कुनै पनि शान्तिपूर्ण आन्दोलनको विरोध गर्ने प्रवृतिको प्रतिवाद गरिएको छ ।
प्रस्तुत छ यसै विषयमा केन्द्रित रहेर तयार पारिएको कार्यक्रम प्रतिवाद ।