site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
प्रदेश १ : मुख्यमन्त्री कप फुटबलमा अनियमितता भएको लेखा समितिको ठहर
फाइल फोटो : उपाधिसाथ सैनिक युथका खेलाडी ।
SkywellSkywell

विराटनगर । विराटनगरमा आयोजना गरिएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका अनियमितता भएको विवरणसहितको प्रतिवेदन प्रदेश १ को प्रदेश सभामा पेश भएको छ । 

फुटबल प्रतियोगिता २०७६ असार १६ गतेदेखि शुरु गरेर असार ३१ गते सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न गर्न सामाजिक विकास मन्त्रालयले रु. १ करोड र अखिल नेपाल फुटबल संघ (एन्फा) ले रु. ३३ लाख बजेट दिएका थिए । मध्य असारमा बजेट सिध्याउनको लागि मात्र प्रतियोगिता गरिएको भन्दै आलोचना, विरोध र प्रदेश सभामा सांसदले प्रश्न उठाएपछि लेखा समितिले छानबिन सुरु गरेको थियो ।

संसद्को सार्वजनिक लेखा समितिका सभापति शिवनारायणसिंह गन्गाईले बिहीबारको प्रदेश सभा बैठकमा प्रतियोगितामा आर्थिक अनियमितता भएको निश्कर्ष सहितको समितिको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
 
प्रतियोगितामा अनियमितता भएको आन्तरिक लेखा परीक्षणको प्रतिवेदनले औँल्याएको सदन समक्ष जानकारी गराउँदै गन्गाईले बेरुजु असुल उपर गर्न सामाजिक विकास समितिलाई  निर्देशन दिइएको जानकारी दिए । “बेरुजु रकम असुल उपर गर्न सामाजिक विकास समितिलाई निर्देशन दिइएको छ,” उनले भने । 

Dabur Nepal
NIC Asia

सामाजिक विकास मन्त्रालयबाट रकम निकासा भई आयोजित प्रतियोगिता मध्य बर्खामा सुरु गरिएको थियो । 

प्रतियोगिता अन्तर्गतका विभिन्न खेल धरान, उदयपुर र इलाममा भएका थिए । यसको उपाधि झापाको सैनिक युथ क्लबले जितेको थियो । विजयी टिमलाई १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले पुरस्कार, नगद तथा सिल्ड वितरण गरेका थिए । 

सार्वजनिक समितिले चालु आर्थिक वर्षमा ३० वटा बैठक गरेको र बैठकबाट प्रदेश सरकारले सञ्चालन गरेका आयोजना तथा मन्त्रालयले गरेका निर्णयहरूको सन्दर्भमा प्रदेशसभा सदस्यले प्रदेशसभामा उठाएका विषय र उजुरीहरूको विषयमा निर्णय भएको गन्गाईले सदनसमक्ष जानकारी गराए । 

यसैगरी पूर्वपश्चम राजमार्गको गछिया पुल र खोसार्ने सडकखण्डको निर्माण कमसल ढंगले भएको भन्ने गुनासोपछि स्थलगत निरीक्षण गरेर गुणस्तर सुधार गर्न सडक कार्यालयलाई निर्देशन दिइएको थियो । प्रदेश लेखा नियन्त्रकहरूलाई छलफलमा डाकेर बेरुजु फस्र्योट गर्न निर्देशन दिइएको र कृषि अनुदानको विषयमा आएको विवादको विषयमा सुनसरीको इटहरीस्थित कामधेनु दुग्ध उद्योगको स्थलगत अनुगमन गरिएको प्रतिवेदनमा उल्लेख छ । 

प्रदेश सरकारका विभिन्न मन्त्रालय र निकायबाट भएका रकमान्तरको विषयमासमेत मन्त्रालयका सचिवहरूसँग छलफल गरी रकमान्तर गर्ने पुष्ट्याइँ माग गरिएको गन्गाईले सदनसमक्ष प्रतिवेदन पेश गर्दै जानकारी गराए । 

समितिले आर्थिक गतिविधि नियम, कानुनसम्मत सञ्चालन भए/नभएको सार्वजनिक लेखा समितिको विवरण समयमा उपलबध गराउन, महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुज फस्र्योट गर्नसमेत सरकारलाई सुझाव दिएको छ । समितिमा परेका उजुरीको सम्बोधन गर्ने, सार्वजनिक सम्पत्ति हिनामिना भए नभएको अनुगमन गर्ने र मलेपले आर्थिक अनुशासनको सवालमा दिएको विषय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिइएको समितिको प्रतिवेदनमा जनाइएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro