site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
डेढ दशकदेखि अलपत्र भवन अस्पताल सञ्चालनमा नआउँदै जिर्ण बन्दै 
SkywellSkywell

जनकपुरधाम । पर्खालले प्राङ्गण घेरिएको छ । प्राङ्गणको एक भागमा पोखरी छ । प्राङ्नमा आकषर्क देखिने घाँस लगाइएको छ । भित्र सुविधासम्पन्न चारवटा भवन छन् । सम्पन्न भौतिक छ । हरेक कोठामा पँखा, अट्याच शौचालय, बेसिन जडान छ । कोठामा मार्बल ओछ्याएको छ । यो दृष्य हो, धनुषाको सहिद नगरपालिका ८ डुमारियाको डेढ दशक पहिले निर्माण भएको अस्पतालको । 

अस्पताल निर्माण भएको डेढ दश पुगे पनि राजनीतिक खिचातानीका कारण अझै सञ्चालनमा आएको छैन । ०६३ असोज ४ गते तत्कालीन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल शहिद सूर्यनाथ रानाको नाममा अस्पताल बनाउने घोषणा गरेको थियो । पोखरेल रानकै स्मृति सभामा सहभागी हुन पुगेको थियो । घोषणा भएकै वर्षदेखि निर्माण सुरु भएको स्थानीय सिवेन्द्र रोहिताले बताए । तर, राजनीतिक खिचातानीका कारण अझै सञ्चालनमा आउन सकेको छैन । यति सुविधासम्पन्न भवन अहिले संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । कतिपय कोठाको सिसाको झ्याल र काठको ढोकासमेत फोडिसकेको छ ।

KFC Island Ad
NIC Asia

२/३ वटा कोठामा त मानिस दिसा नै गरेर दुर्गन्धित बनाइसकेको छ । अहिले यो भवन सरकारको वेवास्ता र राजनीतिक उतारचढावका कारण अलपत्र बनेको छ । भवनको रेखदेख गर्न कुनै निकायले चासो नलिँदा अपराधको अखडासमेत बनेका छ । स्थानीय युवा त्यहाँ गाँजा खान पुग्ने गरेको स्थानीयको भनाइ छ । कतिपयले अनैतिक कार्य गर्ने गरेको स्थानीयको गुनासो छ । 

‘सहिदको मान कि अपमान ?’
०६३ असोज ४ गते तत्कालीन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल धनुषाको डुमारिया पुगे । मन्त्री पोखरेल शहिद सूर्यनाथ रानको स्मृति दिवसमा सरिक हुने पुगेको थियो । जनकपुरधामबाट २५ किलो मिटरको दूरीमा रहेको डुमरीयामा त्यति बेला अस्पताल अभावमा स्थानीयलाई निकै सास्ती भइरहेको थियो । उपचार अभावमा कति मानिसले ज्यानसमेत गुमाइरहेका थिए । स्मृति दिवसको दिन पनि स्थानीय आफ्ना समस्या र नेता रानलाई सम्झेर भावुक थिए । तर, मन्त्री पोखरेलले जनताको समस्या र स्वर्गिय नेता रानको योगदानलाई मध्यनजर गर्दै उनको मान बढाउन उनकै नामबाट अस्पताल बनाउने घोष्णा गरे । स्थानीयको मलिलो मुहारमा मुस्कान आयो ।
  
त्यतिबेला स्मृति दिवसमा सहभागी भएका ६२ वर्षीय रामगोविन्द रोहिताले अब उपचार अभावमा परिवारको सदस्य गुमाउनु नपर्ने सपना पनि देखे । उनले सपना देखेको डेढ दशक पुग्न लागेको छ । तर, पूरा हुने छाटकाट अझै देखिएको छैन । उनको १५ वर्षयघिको सपनाको अब आश मर्न थालेको छ । नेताको कुरा भाषणमै सीमित हुने गरेको उनको भनाइ छ । सरकारप्रति आक्रोस पोख्दै उनले सहिद रानको मान बढ्यो कि अपमान ? भन्दै  प्रश्न गर्छन् ।

स्थानीयले दिएको जग्गामा सुविधा सम्पन्न अस्पताल बन्यो । तर, सञ्चालनमा आउन नसक्दा स्थानीय सरकारप्रति आक्रोशित भएका छन् । रोहिताका अनुसार अस्पताल निर्माणको लागि पाँचजना किसानले दुई विघा जग्गा दान गरेका छन् । करोडौंको लागतमा भौतिक संरचना निर्माण भए पनि राजनीतिक विवाद र सरकारको चासोकै कारण अझै सञ्चालनमा नआएको स्थानीयको भनाइ छ । 

प्रदेशले पनि घोषणामै राखे

गत वर्ष प्रदेश २ सरकारले उक्त अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नी गरी सञ्चालनमा ल्याउने निर्णय पनि गर्यो । कोभिड १९ बाट प्रभावित भएर प्रदेश २ हटस्पर्ट बनेको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा रहेका अस्पताललाई ५०–५० बेडको अस्पतालमा परिणत गर्ने निर्णय गरेको गरेको थियो । 

पर्साको पोखरिया, धनुषाको डुमरिया र सप्तरीको भारदहस्थित अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्ने ०७७ चैत २ गते निर्णय गरेको थियो । तर, अझै संचालनमा आएको छैन्, न त स्तरोन्नती नै भएको छ ।  अस्पताल सञ्चालनका लागि स्थानीयले पटक–पटक आन्दोलन पनि गरे । तर, सुनुवाई भएनन् । अहिले स्थानीय उपचारका लागि जनकपुरधाम आउनु पर्ने बाध्यता छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro