काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले अदालतबाट संसद् पुनःस्थापना भए फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने भन्दै निर्वाचनको विकल्प नरहेको बताएका छन् । थापाले चुनाव छाडेर अदालत जानेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार राति सामाजिक सञ्जाल ट्विटरबाट थापाले संसदीय गणितले ओलीलाई नै पुनःस्थापना भए पनि प्रधानमन्त्री बनाउने दाबी गरेका छन् । थापा भन्छन्– "चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा केपी ओलीको पक्ष लियो भन्छन् । ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् । चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनर्स्थापना भएमा पुनस्ओली नै प्रम हुन्छन् । यो भविष्यवाणी होइन,संसदीय गणितले त्यही भन्छ ।"