site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कोरोनाको उद्गमस्थल पत्ता लगाउन अमेरिकी राष्ट्रपतिको निर्देशन 

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरसको उद्गमस्थल पत्ता लगाउन गुप्तचर संस्थाहरुलाई निर्देशन दिएका छन् । 

सीएनएन र बीबीसीमा प्रकाशित समाचारअनुसार बाइडेनले गुप्तचर संस्थाहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गुप्तचर संस्थाहरुले यसअघि पनि प्रतिवेदन बुझाएका थिए । तर एकमत हुन नसकेपछि उनले फेरि अर्को निर्देशन दिएको समाचारमा उल्लेख छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस विश्वभर फैलिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार वुहानको प्रयोगशालाबाट लिक भएको बताइएको छ भने अर्को तर्क त्यहाँको मासु बजारबाट फैलिएको बताइएको छ ।

यसबारेमा रिपोर्ट दिन बाइडेनले निर्देशन दिएका हुन् ।

सीएनएनमा प्रकाशित समाचारअनुसार चीनको वुहान इन्टिच्युटका भाइरोलोजिष्ट बिरामी परेका थिए ।  
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  ०९:४६
प्रतिक्रिया दिनुहोस्